बैतडी : सुदूरपश्चिम प्रदेशमा बुधबार तेब्बरले कोरोना सङ्क्रमण बढेको छ।स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार मंगलबारको तुलनामा बुधबार संक्रमण दर तेब्बरले वृद्धि भएको हो। मंगलबार १४ जनामा सङ्क्रमण देखिएकोमा बुधबार ह्वात्तै बढेर ४२ पुगेको छ।गत २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ८ सय ४६ जनाको नमुना परीक्षण गर्दा ४२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। ३६ जनामा आरटी पीसीआर र ६ जनामा एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो।पीसीआर