काठमाडौं : नेकपा (एमाले) का नेता भीम रावललाई केन्द्रीय सल्लाहकार परिषद्को सदस्यको जिम्मेवारी मात्रै रहने भएका छन्। काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले भने, 'उहाँ (भीम रावल) नीतिअनुसार सल्लाहकारको जिम्मेवारी प्राप्त गर्नुभएको छ। केन्द्रीय कमिटीमा हुनुहुन्न। त्यसैले पार्टीको नीति अनुसार सल्लाहकारको जिम्मेवारी प्रदान गरेको छ।’पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरेर थप जिम्मेवारी प्रदान हुनसक्ने उनको भनाइ छ। उनले पार्टीको जिम्मेवारी बाँड