चलू आर्थिक वर्षको ११ महिनामा झापाका स्थानीय तहले ७१.५३ प्रतिशत राजस्व संकलन गरेका छन् । झापामा केही स्थानीय तहले लक्ष्य भन्दा बढी राजस्व संकलन गरिसकेका छन भने कति आधा अंकमा अलमलिरहेका छन् ।
झापाका ८ वटा नगरपालिकाले चालू आर्थिक वर्षमा ७३ करोड ८४ लाख २७ हजार ८३५ रुपैंयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेका थिए । आर्थिक वर्ष समाप्त हुन एक महिना बाँकी हुँदा ५२ करोड ९७ लाख ९८ हजार ५०७ रुपैंयाँ राजस्व संकलन भएको तथ्यांक छ ।