हेटौंडामा जारी चौथो संस्करणको स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को फाइनल सोमबार हुँदै छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भइरहेको प्रतियोगितामा नेपाल आर्मी क्लब र स्थानीय विजय युथ क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ । आर्मी साविकको विजेता हो भने विजय युथ उपविजेता । आर्मीको उद्देश्य उपाधि रक्षा गर्ने हुनेछ भने विजय युथको गत वर्षको बदला लिने । दुवै टोलीका प्रशिक्षकले प्रि–म्याच कन्फ्रेन्समा उपाधि जित्ने दाबी गरेका छन् ।