काठमाण्डाै – मेयर कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिवार एपीएफ र नेपाल पुलिस क्लब खेल्दैछन् ।
त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको प्रिम्याच कन्फरेन्समा बोल्दै दुवै टोलीका कप्तानले उपाधि जित्नु नै लक्ष्य रहेको बताएका छन् । बलियो प्रतिद्वन्द्वी एपीएफ भएको भन्दै पुलिसका कप्तान मञ्जित श्रेष्ठले स्वाभाविक खेल खेलेर उपाधिका लागि प्रतिस्पर्धा गर्ने बताए ।
यस्तै चार खेलमा तीन जितसहित दोस्रो स्थानमा रहेर पुलिससँग उपाधिका लागि स्थान बनाएको एपीएफ पनि उपाधि उचाल्ने लक्ष्यका साथ मैदानमा उत्रिने कप्तान श...