सरकारले विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकासका लागि लागि प्राप्त हुने १ सय मिलियन अमेरिकी डलर (करिव १२ अर्ब ७० करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कर्मचारीहरुको नयाँ तलबमान र ग्रेड स्वीकृत गर्ने निर्णय गरेको पनि बताए । प्रवक्ता कार्कीका अनुसार सरकारले साउन १ गतेदेखि लागू हुने गरी आ