विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले वर्षौंदेखिको गिरावटपछि विश्वमा हैजाको वृद्धि ‘चिन्ताजनक’ भइरहेको शुक्रबार चेतावनी दिएको छ । सन् २०१७ देखि २०२१ को बीचमा हरेक वर्ष २० भन्दा कम देशमा हैजाको प्रकोप देखिएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।डब्लूएचओको हैजा र महामारी झाडापखालासम्बन्धी टोलीका प्रमुख फिलिप बारबोजाले जेनेभामा सञ्चारकर्मीसँग भने, “वर्षौंदेखि घट्दो सङ्ख्यापछि हामीले विगत एक वर्षमा विश्वभरि हैजाको प्रकोपको चिन्ताजनक वृद्धि देखिरहेका छौं ।”उनले भने, “हामीस