काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भएका छन्। मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १ सय २९ मतान्तरले पराजित गर्दै सिंह निर्वाचित भएका हुन्।सिंहले ७ हजार १४० मत प्राप्त गरेका छन् । मिश्रले ७ हजार ११ मत प्राप्त गरेका छन्।निर्वाचनमा विजयी भएसँगै गर्दै सिंहले काठमाडौं १ का सबै मतदातालाई धन्यवाद दिएका छन्।२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि यसै क्षेत्रमा सिंह र मिश्रबीच