बैतडीमा ११ घण्टा विद्युत् अवरुद्ध हुने

बैतडी : बैतडीमा भोलि शनिबार ११ घण्टा विद्युत् अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले सूचना जारी गरी शनिबार बिहान ७ बजेदेखि बेलुका ६ बजे सम्म विद्युत् सेवा अवरुद्ध हुने  जनाएको हो।जिल्लाका केही क्षेत्रमा ११ केभी प्रशारण लाइनको मर्मत तथा रूखमा लागेका हाँगाबिँगा  काट्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने जनाइएको छ।काम समयमै सम्पन्न भए तोकिएको समयभन्दा अगाडि नै सेवा सुचारु हुने बैतडी वितरण केन्द्रले जनाएको छ

सम्बन्धित सामग्री

रुकुम (पूर्व) मा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

रुकुम । रुकुम (पूर्व) मा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । वर्षा र हिमपातका कारण तीन दिनदेखि अवरुद्ध भएको विद्युत् अझै सुचारु हुनसकेको छैन। सेवा अवरुद्ध हुँदा नागरिक समस्यामा परेका छन् । सल्यान र रुकुम (पश्चिम) को बिचमा समस्या हुँदा विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र रुकुम रुकुम (पूर्व) ले जनाएको […]

दार्चुलामा गएरातिदेखि विद्युत् सेवा अवरुद्ध

दार्चुला - दार्चुला जिल्लामा गएरातिदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । दार्चुलासहित अन्य सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा ३३ केभी प्रसारण लाइनको तार टुटेपछि विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ । नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रका प्रमुख मोहनदेव जोशीका अनुसार ३३ केभी प्रसारण लाइन अन्तर्गत घण्टेश्वरमा तार टुटेपछि विद्युत् सेवा अवरुद्ध भएको उहाँले बताउनु भयो । गएराति सवा ११ बजेदेखि जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको बताइएको छ । अवरुद्ध...

जुम्लामा विद्युत् सेवा अवरुद्ध

जुम्ला सदरमुकाम खलङ्गामा दुई सातादेखि विद्युत् सेवा अवरुद्ध भएको छ । गएको असोज १९ गतेदेखि परेको एक साताको अविरल वर्षासँगै आएको बाढीपहिराले राष्ट्रिय प्रसारण लाइनमा क्षति गरेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले जानकारी दिए ।बाढीपहिराले जुम्ला र कालिकोट खण्डमा ९० वटा पोल र तारमा क्षति भएको छ । दुई सातादेखि विद्युत् आपूर्ति भएको छैन । विद्युत् केन्द्रका प्रमुख रावलले भने,“खलङ्गामा दुई सातादेखि नेशनल ग्रीड अवरुद्ध भएपछि स्थानी

पहाडी जिल्लामा विद्युत् अवरुद्ध

डडेल्धुरा– डडेलधुरासहित सुदूरपहाडका जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । कैलालीको सहजपुरमा ३३ केभीको तार टुटेपछि विद्युत् सेवा अवरुद्ध भएको विद्युत् प्राधिकरण डडेल्धुराका प्रमुख रामदिनेश राय यादवले जानकारी दिए। उनका अनुसार आइतबार रातिदेखि विद्युत् सेवा अवरुद्ध भएकामा अहिले मर्मतको काम जारी छ । मर्मत हुनेबित्तिकै विद्युत् सेवा सञ्चालन हुने जनाइएको छ । उनका अनुसार अघिल्लो […]

छ दिनदेखि विद्युत् अवरुद्ध

कञ्चनपुर– चुरे फेदीको शुक्लाफाँटा नगरपालिका– ८ मा रहेको पिल्लरीफाँटा गाउँमा छ दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको  छ । निरन्तरको वर्षासँगै आएको बाढीले ठाउँठाउँका पोल ढालेपछि विद्युत् सेवा अवरुद्ध भएको हो । सेवा सञ्चालन गराउनका लागि कार्य अगाडि बढाइएको छैन । बाढीका कारण ३० भन्दा बढी विद्युत्का पोल ढलेका र  टुटेका छन् । विद्युत् सेवा अवरुद्ध […]

कालिकोटमा चार दिनदेखि विद्युत् अवरुद्ध

कालीकोट जिल्लामा चार दिनदेखि विद्युत् अवरुद्ध भएको छ। आइतबारदेखि गएको विद्युत् सेवा आजसम्म आउन सकेको छैन । विद्युत् सेवा अवरुद्ध हुँदा यहाँका नागरिक, सरकारी कार्यालय, सेवाग्राही र सञ्चारमाध्यमले सास्ती खेप्नुपरेको छ । दैलेखको आठबिस नगरपालिकाकामा माथिल्लो कर्णाली जलविद्युत् परियोजना निर्माणका लागि कालिका सामुदायिक वन र सल्लेरी सामुदायिक वनमा रुख कटान गर्दा १४ पोलमा क्षति भएकाले विद्युत् सेवा अवरुद्ध भएको कालीकोट वितरण केन्द्रका प्रमुख नारायणप्रसाद पौडेलले जानकारी दिए । उनले भने, “विद्य

कर्णालीका सात जिल्लामा शुक्रबारदेखि विद्युत् अवरुद्ध

कर्णालीका सात जिल्लामा शुक्रबारदेखि  विद्युत् अवरुद्ध छ । कोहलपुर-सुर्खेत खण्डको ३३ केभी लाइनमा समस्या हुँदा विद्युत् सेवा अवरुद्ध भएको हो । शुक्रबार दिउँसो आएको हावाहुरीसहितको पानीले कोहलपुर–सुर्खेत खण्डको ३३ केभी लाइनमा विद्युत् सेवा अवरुद्ध भएको छ । राष्ट्रिय प्रशारण लाइन जोडिएका कर्णालीका सुर्खेत, दैलेख, जुम्ला, कालिकोट, जाजरकोट, सल्यान र रुकुमपश्चिममा विद्युत् सेवा अवरुद्ध भएको छ ।नेपाल विद्युत् प्राधिकरण सुर्खेतका अनुसार जिल्लाभरका विभिन्न ठाउँमा गरी करिब एक सय पोलहरू ढलेका

डोटीमा फोन र विद्युत् सेवा अवरुद्ध

दुई दिनदेखिको लगातारको वर्षातका कारण जिल्लामा फोन तथा विद्युत् सेवा अवरुद्ध भएको छ । जिल्लामा वितरण गरिएको ३३ केभिए प्रसारण लाइनमा रूख परेका कारण यहाँको विद्युत् सेवा अवरुद्ध भएको डोटी साना जलविद्युत् कार्यालय दिपायलले जनाएको छ ।विद्युत् सेवा अवरुद्ध भएसँगै सञ्चारका साधन पनि अवरुद्ध भएका छन् । एनसेल सिमकार्ड भने सञ्चालनमा छ । विद्युत् नभएका […]

आइतबारदेखि विद्युत् सेवा अवरुद्ध

लगातारको वर्षाका कारण डोटी सदरमुकाम सिलगढीमा आइतबारदेखि विद्युत् सेवा बन्द भएको छ । घण्टौँसम्म विद्युत् सेवा अवरुद्ध हुँदा यहाँका नागरिक मारमा परेका छन् । आइतबार राति साढे १२ बजेदेखि जिल्ला सदरमुकामको विद्युत् सेवा अवरुद्ध भएको हो । दिपायल सिलगढी नगरपालिका–५ बागठाटादेखि जिल्ला सदरमुकाम सिलगढीको शैलेश्वरी मन्दिरको बीचमा पर्ने लाइनमा खराबी आएपछि यहाँको विद्युत् लाइन अवरुद्ध भएको डोटी साना जल विद्युत् वितरण कार्यालय दिपायलले जनाएको छ ।     अवरुद्ध भएको विद्युत् सेवा पुनः सञ्चालनका लागि कर्मचारी खट...

विद्युत् सेवा अवरुद्ध : सेवाग्राही समस्यामा

बैतडी जिल्लाभरि आइतबारदेखि विद्युत् सेवा बन्द भएको छ । विद्युत् सेवा बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् ।जिल्लाभरि सबै ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ । विद्युत् प्रसारण लाइनमा समस्या आएका कारण विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका सुपरभाइजर माधव लेखकले जानकारी दिए ।“प्रसारण लाइनमा फल्ट देखाएको र कुन ठाउँमा फल्ट रहेको छ भन्ने थाहा हुन सकेको छैन”, उनले भने, “अवरुद्ध विद्युत् सेवा