धनगढी : दार्चुलास्थित नेपाल र भारतको सीमानाका क्षेत्रमा बन्द भएको पुल सञ्चालन भएको छ। आइतबार जिल्लास्थित नेपाल–भारत जोड्ने महाकाली नदीमाथिको पुलमा लफडा भएपछि पुल बन्द भएको थियो।भारतले दार्चुलाको महाकाली नदी किनारमा धार परिवर्तन हुने गरी तटबन्धको निर्माण कार्य गरिरहेको छ। सोही तटबन्ध निर्माणको नेपाली नागरिकले विरोध गरेपछि विवाद भएको थियो।आज भएको विवादमा भारतीयले नेपाली नागरिकमाथि दार्चुला पारि भारतको धार्चुलाबाट ढुंगा प्रहारसमेत गरेका थिए। भारतीय नागरिकले ढुंगा प्रहार गर्दा च