काठमाण्डाै - श्रीलङ्काको राष्ट्रिय ध्वजावाहक श्रीलङ्कन एअरलाइन्स काठमाण्डौ आइपुगेको छ । अघि बिहान ९ बजेर ४० मिनेटमा १ सय ४० जना यात्रु लिएर श्रीलङ्कन एअरको पहिलो उडान काठमाण्डौ आइपुगेको हो ।
श्रीलङ्काबाट लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बीलाई लक्षित गर्दै आजदेखि श्रीलङ्का– काठमाण्डौ सिधा उडान सुरु भएको हो । श्रीलङ्कन एअरले तत्काललाई हप्तामा दुई दिन मङ्गलवार र शनिवार कोलम्बो–काठमाण्डौ उडान भर्ने छ । त्यसपछि यात्रुको चापअनुसार उडान सङ्ख्या थपघट गर्ने तयारी छ ।
नेपालका लागि आधिकारिक ट्राभल एजेन्सी जेनिथ ट्राभ...