स्वतन्त्र बंगलादेशका नेता शेख मुजिब-उर रहमान पाकिस्तानबाट रिहा भएको लगत्तै जनवरी ८, १९७२ मा लन्डन पुगे। १० जनवरीमा ढाका जानुअघि उनले जान्न चाहेका थिए, ‘नुरुल इस्लाम कहाँ छन्?नुरुल इस्लाम जसलाई शेख मुजिबले खोजिरहेका थिए। इस्लाम रहमानको सबैभन्दा नजिकका र सबैभन्दा भरपर्दो आर्थिक सल्लाहकार थिए। हार्वर्ड पढेका प्रोफेसर नुरुल इस्लाम त्यतिबेला अमेरिकामा विश्व बैंकमा काम गर्ने तयारीमा थिए। इस्लाम सम्झिन्छन, 'त्यतिबेला म आफ्नो परिवारलाई लिन ढाका आएको थिएँ। तर फर्किन सकिन। बंगबन्धुले मलाई