एमालेसहितको सरकार बनाउन देउवालाई माधव नेपालको सुझाव

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले नेकपा एमालेसहितको सर्वदलीय सरकार बनाउन नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् । सोमबार नेपाल निवासमा बसेको विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले तत्काल आफूहरू अब सरकारमा सहभागी नबन्ने बताउँदै सभापति देउवालाई फराकिलो मन बनाएर अघि बढ्न सुझाव दिएका हुन् ।सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना तथा देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेपछि विपक्षी गठबन्धनका नेताहरु नेपाल निवास कोटेश्वरमा छलफलमा जुटेका थिए । छलफलमा

सम्बन्धित सामग्री

सबै क्षेत्रका विचौलियालाई भत्काउन सरकारलाई माधव नेपालको सुझाव

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले परिवर्तनको अनुभूति गर्नेगरी काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् । संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले संविधानको पालना गर्दै परिवर्तनको अनुभूति हुनेगरी काम गर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए । छिनछिनमा हुने सरकार परिवर्तनको पक्षमा आफूहरू नरहेको भन्दै उनले समाजवादको मूल्य मान्यतामा […]

वर्तमान सरकारलाई माधव नेपालले दिए यस्ताे सुझाव

भक्तपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको राजनीति, समाज र प्रशासनमा भएका चुनौतिहरुको सम्बोधन हुनेगरी वर्तमान सरकार अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । शनिवार नेपाल पत्रकार महासंघ भक्तपुरको २६ औं स्थापना दिवसको अवसरमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको राजनीति आफ्नै हिसावले अघि बढीरहेको भन्दै वर्तमान सत्ता गठबन्धन […]

आफ्ना मन्त्रीलाई माधव नेपालले दिए प्रशिक्षण

काठमाडाैं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधान र कानुनविपरीत कुनै पनि काम नगर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिएका छन्।एकीकृत समाजवादीको पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा नवनियुक्त मन्त्रीलाई सरकार सञ्चालनबारे प्रशिक्षणमूलक निर्देशन दिँदै अध्यक्ष नेपालले पार्टीको नीति, निर्देशन विपरीत नजान मन्त्रीहरूको ध्यानाकर्षण गराए। उनले देश र जनताको हितलाई केन्द्रमा राखेर कार्य सम्पादन गर्न सुझाव दिएका छन्।मन्त्रीलाई विकृति विसंगतिमा नफस्न र सेवा प्रवाह चुस्तदुरुस्त बनाउ

बजेट सुझाव संकलन गर्दै प्रदेश सरकार

विराटनगर (अस) । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनुपूर्व प्रदेशका १४ ओटै जिल्लाबाट रायसुझाव संकलन गर्न थालेको छ । बजेटमा समेट्नुपर्ने विषय तथा स्थानीय स्तरको आवश्यकताका योजनाबारे मसिनोसँग बुझ्ने र सरोकारवाला पक्षसँग छलफल र अन्तरक्रिया गरेरै बजेट बनाउने उद्देश्यले सुझाव लिन थालिएको हो । प्रदेशका सबै जिल्लाबाट सुझाव संकलन गर्न मन्त्री र उच्चपदस्थ सरकारी कर्मचारीसहितको टोली खटिएको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए । जिल्लामा स्थानीय तहका जनप्रतिनिधि र सरकारी कार्यालयका प्रतिनिधिबीच छलफल भई आगामी बजेटबारे सुझाव संकलन हुने उनले बताए । छलफलबाट स्थानीय तहको आगामी असार १० गते आउने बजेट निर्माणमा पनि पृष्ठपोषण र सहजीकरण हुने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनेछ । प्रदेशका सबै जिल्लाबाट सुझाव संकलन गर्न मन्त्री र उच्चपदस्थ सरकारी कर्मचारीसहितको टोली खटिएको छ । बजेटसम्बन्धी छलफलका लागि ताप्लेजुङमा प्रदेश सरकारका सामाजिक विकासमन्त्री राजन राईको नेतृत्वमा मन्त्रालयका सचिव दीर्घराज मैनाली, आर्थिक मामिला तथा योजना मन्त्रालयका महाशाखा प्रमुख केशव कोइराला र शाखाप्रमुख योगेन्द्रनारायण चौधरीको टोली पुगेको छ । पाँचथरमा पर्यटन तथा संस्कृतिमन्त्री खिनु लुङ्वा लिम्बू, मन्त्रालयका सचिव किशोर चौधरी र प्रदेश लेखा इकाई कार्यालयका पृथ्वी लिम्बूको टोली पुगेको छ । इलाममा प्रदेश योजना आयोगका उपाध्यक्ष डा. पूर्णकुमार लोक्सम, प्रदेश लोकसेवा आयोगका सचिव बाबुराम खतिवडा र आर्थिक मामिला तथा योजना मन्त्रालयका महाशाखा प्रमुख प्रिती कर्णले छलफल गर्नेछन् भने भोजपुरमा सडक पूर्वाधार तथा सहरी विकासमन्त्री हिमाल कार्कीको नेतृत्वमा मन्त्रालयका सचिव मोहन चापागाईं, प्रदेश योजना आयोगका सदस्य प्रकाश राई र आर्थिक मामिला मन्त्रालयका महाशाखा प्रमुख ऋषिकुमार खनाल पुगेका छन् । यसैगरी ओखलढुंगामा हुने छलफलमा प्रदेश सरकारका स्वास्थ्यमन्त्री जयराम यादव, सचिव अनुज भट्टचन र आर्थिक मामिला मन्त्रालयका डम्बरप्रसाद घिमिरेले बजेटबारे छलफल र सुझाव संकलन गर्नेछन् । उदयपुरमा आार्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, आन्तरिक ममिला तथा कानुन मन्त्रालयका सचिव कालीप्रसाद पराजुली, प्रदेश लेखा इकाईका जीवनराज भण्डारीको टोलीले छलफल गर्नेछ । सुनसरीमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री ओमप्रकाश सरावगी, सचिव कृष्ण सापकोटा र प्रदेश योजना आयोगका सदस्य नारायण कोइराला, झापामा खानेपानी, सिञ्चाइ तथा ऊर्जामन्त्री रामकुमार राई, सचिव नवीनकुमार सिंह र आार्थिक मामिला तथा योजना मन्त्रालयका पुष्पलता उप्रेतीसहितको टोली छलफलमा सहभागी हुनेछ । मोरङमा हुने बजेट तर्जुमा कार्यक्रममा मुख्यमन्त्री राजेन्द्रकुमार राई, प्रमुख सचिव डा. रामप्रसाद घिमिरे, सचिव जय घिमिरेलगायत सहभागी हुनेछन् । संखुवासभामा हुने छलफलमा वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापा र सचिव संजीव राई, सोलुखुम्बुमा हुने छलफलमा यातायात तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरे र सचिव उद्धवप्रसाद रिजाल, तेह्रथुममा सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फे र प्रदेश लेखा नियन्त्रक दामोदर खत्री, धनकुटामा उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङगाम र सचिव माधव पोखरेल तथा खोटाङमा कृषिमन्त्री झलकबहादुर मगर र सचिव मेघराज तिम्सिनाले छलफल गरी बजेटबारे सुझाब संकलन गर्ने मन्त्रालयले जनाएको छ ।

'माप्रसे' सरकारले एमाले फुटाउन अध्यादेश ल्याउन लागेको भन्दै महेश बस्नेतको आपत्ति

नेकपा एमालेका सांसद महेश बस्नेतले वर्तमान देउवा सरकारलाई माप्रसे सरकारको संज्ञा दिएका छन् । सोमबार प्रतिनिधि सभामा बोल्दै नेता बस्नेतले वर्तमान सरकारलाई परमादेश सरकार भन्दा सत्तापक्षका सांसदहरूलाई टाउको दुख्ने गरेको भन्दै आफूलाई ‘एकजना कलाकारले दिएको सुझाव अनुसार यो सरकारलाई माप्रसे सरकार भन्ने बताए । ‘किनभने माधव नेपालको आडमा प्रचण्डको सहयोगमा शेरबहादुर देउवाले नेतृत्व गरेको हुनाले माप्रसे सरकार’, बस्नेतले भने ।उनले माप्रसे सरकारले संसद् अधिवेशन अन्त्य गरेर एमाले वि

देउवालाई माधव नेपालको सुझाव : इमान्दार बन्नुस्, खोपको वाचा पुरा गर्नुस्

काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई कोभिड १९ नियन्त्रणमा लाग्न आग्रह गरेका छन्। अखिल फोर्सको बृहत् भेलालाई सम्बोधन गर्दै नेपालले देउवा सरकार आफ्नो बोली अनुसार नचलेको बताए। उनले सरकारले भने अनुसारले काम नगरेको बताएका हुन्। नेपालले देउवा सरकारले नसकिने काम गर्छु भन्नु नहुने बताउँदै खोप प्राथमिकता भएको…