नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल समूहका सांसदले राजीनामा गरे पनि नयाँ सरकार बन्न नसक्ने निष्कर्षमा बालुवाटार पुगेको उच्च स्रोतले लोकान्तर डट्कमसँग बताएको छ ।
संविधानको धारा ७६ को उपधारा (२) को आशय ‘तत्काल कायम रहेका सदस्य संख्या’ नभई सिंगो प्रतिनिधि सभा (२७५) को बहुमत अर्थात् १३८ सांसदको समर्थन हुनुपर्ने भएकाले १३८ सांसदकै हस्ताक्षरविना नयाँ सरकार बन्न नसक्ने निष्कर्षमा बालुवाटार पुगेको हो ।
संविधानविद्सँगको सघन छलफलपछि बालुवाटार यस्तो निचोडमा पुगेको हो । खनाल–नेपा...