काठमाडौँ : चालु आर्थिक वर्षको तेस्रो महिनासम्ममा देशमा ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ बराबरको माल वस्तुको आयात गरेको छ।गत आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब ९९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो। गत आवको तेस्रो महिनाको तुलनामा चालु आवको तेस्रो महिनासम्म कूल आयात १ दशमलव ६९ प्रतिशतले बढेको छ।भन्सार विभागले आज (आइतवार) सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार ३ महिनामा नेपालको निर्यात भने २ दशमलव २६ प्रतिशतले ओरालो लागेको छ। विभागका अनुसार सो अवधिमा नेपालबाट ४० अर्ब ८७ करोड