२०२४ को ईपीएस कोटा अहिले नै खोलिएको भन्दै युवाहरूले गरे विरोध (भिडिओ)

काठमाडौं । कोरिया भाषा परीक्षा (ईपीएस) नेपालको २०२४ को लागि छुट्टाइएको कोटा अहिले नै खोलिएको भन्दै युवाहरूले विरोध प्रदर्शन गरेका छन् । २०२४ सुरू हुनु २० दिन बाँकी रहेको अवस्थामा २०२४ को लागि छुट्टाइएको कोटा २०२३ मा नै खोलिएको भन्दै उनीहरूले ललितपुरको ग्वार्कोस्थित ईपीएस कार्यालयअगाडि आन्दोलन गरेका हुन् । ईपीएस परिक्षा दिएर बसेका युवाले सीप […]

सम्बन्धित सामग्री

कोरियाले अब वन र सेवा क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने

१ चैत, काठमाडौं । दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक लैजाने जारी दिएको हो । अहिले कृषि, उत्पादनमुलक र जाहज निर्माणतर्फ मात्रै श्रमिक लगिरहेको  छ। वैदेशिक […]

ईपीएस विवादः दोहोर्‍याएर आवेदन दिएकाहरूले पनि परीक्षा दिन पाउने, कोरिया भयो सहमत

अहिले उच्च अदालत पाटनको आदेशअनुसार उत्पादन क्षेत्रका लागि आवेदन दिएकाहरूको परीक्षा के हुने भन्ने अन्योलता रहेकोमा अब त्यो हटेको छ ।

कोरियाको कुरियरमा रोजगारी

काठमाडौं- कोरिया सरकारले श्रमिक अभाव बढ्दै गएपछि विदेशी कामदारको कार्यक्षेत्रलाई फराकिलो बनाउँदै लगेको छ । स्वदेशी नागरिक र दक्ष विदेशी श्रमिकका लागि आरक्षण गरिएका कतिपय रोजगार क्षेत्रमा अहिले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत गएका सामान्य कामदारले पनि अवसर पाउन थालेका छन् । यो व्यवस्थाबाट नेपाली युवालाई समेत फाइदा पुग्ने भएको छ । सेवा तथा उत्पादन […]

दक्षिण कोरियाको भिसा शुल्कमा ६ सय रुपैयाँले वृद्धि

काठमाण्डौ – ईपीएस मार्फत रोजगारीको लागि दक्षिण कोरिया जाने श्रमिकले पहिले तिर्दै आएको भिसा शुल्कमा केही रकम बढेको छ । नेपालमा रहेको दक्षिण कोरियाली दूतावासले गएको जनवरी १ तारिखदेखि लागू हुनेगरि भिसा शुल्कमा ६ सय रुपैयाँ बढाएको ईपीएस कोरिया शाखाले जनाएको छ । पहिले ७ हजार २ सय रुपैयाँ शुल्क लिँदै आएकोमा अहिले बढेर ७ हजार ८ सय रुपैयाँ पुगेको हो । श्रमिक भिसा जारी गरेको पुष्टिको प्रमाणपत्र (सीसीभीआई) फारम भर्ने व्यक्तिहरुले भिसा शुल्कसहित बुझाउनुपर्ने हुन्छ ।  कोष तथा लेखा नियन्त्रण कार्यालय ल...

ईपीएसमार्फत कोरिया जाने नेपालीसँग दोब्बर भाडा

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जाने नेपाली कामदारसँग चर्को हवाई भाडा लिइँदै आएको खुलासा भएको छ । अहिले ईपीएसमार्फत सोमबार र बुधबार गरी सातामा दुई दिन नेपाली कामदार कोरिया गइरहेका छन् । नेपालीहरूलाई कोरिया लगिरहेको कोरियन एयरले चर्को हवाई भाडा लिएको हो ।बुधबार कोरिया गएका एक नेपाली कामदारले १ लाख ५९ हजार ५०५ रूपैयाँ हवाई भाडा तिरेर कोरिया गएको बताए । केही समय पहिले उनका दाइले ६५ हजार रुपैयाँ हवाई भाडा तिरेर कोरिया गएका थिए । दोब्बरभन्दा बढी शुल्क तिर्नुपरेको उनको गुनासो छ ।नेप

२०२२ मा ईपीएस पास गरेका नेपाली कामदार अक्टोबर पहिलो साताबाट कोरिया जान पाउने

सन् २०२२ मा कोरियन भाषा (ईपीएस) पास गरेका नेपाली अक्टोबर पहिलो सातादेखि कोरिया जान पाउने भएका छन् । इपीएस पास गरेकाहरू यतिबेला रोजगारदाताले पठाएको सम्झौता पत्रमा हस्ताक्षर गरिरहेका छन् । सम्झौतामा हस्ताक्षर गरिसकेपछि भिसा आउने र त्यसपछि कोरिया जान पाउने वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले जनाएको छ । ‘पास भएकाहरू असोजको अक्टोबर हप्तादेखि कोरिया उड्न थाल्नेछन् । अहिले भिसाको फारम भर्ने काम भइरहेको छ । त्यो सकिएपछि उडान तालिका सार्वजनिक गर्छौ र त्यही अनुसार क्रमिक रू

ईपीएस :  कृषि तथा पशुपालन क्षेत्रमा साढे ६ हजारले दिए परीक्षा

वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रका ६ हजार ५९७ को परीक्षा लिएको छ। कृषि तथा पशुपालन र उत्पादनमूलक समूहमा रोजगारीका लागि कोरिया जान ४४ हजार ८ सय ५३ युवाले आवेदन दिएका छन्।कृषि र पशुपालनत क्षेत्रमा जाने १० हजार ८ सय ५८ जना रहेका छन् भने उत्पादनमूलक समूहमा ३३ हजार ९ सय ९५ जना छन् । कृषि तथा पशुपालनमा जाने १० हजार ८ सय ५८ जनामध्ये ६ हजार ५ सय ९७ को परीक्षा अहिले भइरहेको छ भने बाँकी ४ हजार २ सय ६१  जनाको आगामी असार १३ गतेबाट

दक्षिण कोरियामा मौसमी कामदार नपठाउन सबै पालिकालाई सङ्घीय मामिला मन्त्रालयको पत्र

काठमाण्डौ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दक्षिण कोरियाका स्थानीय सरकारसँग भगिनी सम्बन्ध कायम गरी कृषि क्षेत्रमा मौसमी कामदार नपठाउन सबै पालिकाहरूलाई पत्राचार गरेको छ । पालिकाहरूले दक्षिण कोरियाको कृषि क्षेत्रमा मौसमी कामदारका रूपमा आफूखुसी कामदार पठाउने प्रक्रिया थालेपछि मन्त्रालयले यस्तो पत्राचार गरेको हो ।  अहिले दक्षिण कोरियामा नेपालीहरूलाई रोजगारीका लागि पठाउन सहजीकरण गर्ने वैदेशिक रोजगार विभाग अन्तर्गत इप्लोइमेन्ट परमिट सिस्टम (ईपीएस) प्रणाली रहेको छ । ईपीएस प्रणालीमार्फत वर्षेनी नेपाली...