नेपाल ६८ प्रतिशत पहाड र १७ प्रतिशत हिमखण्ड भएको देशमा यातायतको सहजता र पानी आपूर्तिका लागि डाँडा पहाड र खोला ढिस्काको तल सुरुङ खनेर छिटो र छोटो पूर्वाधार बनाउनु अति उत्तम विकासको मोडल हुनसक्छ।सुरुङ निर्माण अति महत्वपूर्ण तर आर्थिक, प्राविधिक, वातावरणीय र सर्वेको दृष्टिबाट जटिल र महँगो परियोजना हो। निःशन्देह यो पूर्वाधारको विशिष्ट नमुना पनि हो। विश्वमा पहिलो सुरुङमार्ग सन् १८४३ मा बनेको थियो जसको नाम थ्याम्स टनेल हो। आज नेपालमा पनि विभिन्न ठाउँमा सुरुङमार्गको काम सुरु गरिएको छ र अनेक