सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि बस्दैछ । प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा बस्न लागेको बैठकमा संगठन विस्तार, आगामी चुनाव, पार्टीको भावी कार्यदिशा, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने जनमत पार्टीका महासचिव चन्दन सिंहले जानकारी दिए । बैठकमा सहभागीका लागि केन्द्रीय सदस्यलगायत पार्टी मातहतका संगठनका प्रतिनिधिहरू आउने क्रम जारी रहेको छ ।केन्द्रीय समितिको विस्तारित बैठक बेलुका बस्नेछ । त्यसअघि पार्टीको कार्यकारिणी समितिको बैठक बसिर