ढुक्क भएर मतदान गर्न गृह मन्त्रालयको आग्रह

प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि सबै सुरक्षा व्यवस्था पूरा भएको गृह मन्त्रालयले जनाएको छ । सुरक्षा व्यवस्थापन कडा भएकाले निर्धक्क भएर भोट हाल्न गृह मन्त्रालयले आग्रह गरेको छ । गृह सचिव मोहन सापकोटाले बुधवार पत्रकार सम्मेलन गरि निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबै तयारी पूरा भएको जानकारी दिए ।

सम्बन्धित सामग्री

‘निर्धक्क हुनुस्, सुरक्षा मजबुत छ’

सुरक्षा प्रबन्ध प्रभावकारी रहेको भन्दै सुरक्षा निकायले ढुक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेका छन् । दोस्रो चरणमा मतदान हुने ४५ जिल्लामा नेपाली सेना, प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी योजनाबद्ध रुपमा क्रियाशील रहेको गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले प्रस्ट पारेका छन् ।

ढुक्क भएर मतदान गर्नुस् : गृह मन्त्रालय

गृह मन्त्रालयले दस देखि तीस मिनेटभीत्र जुनसुकै स्थानमा सुरक्षाकर्मीको टोली पुग्नेगरी निर्वाचन सुरक्षा प्रबन्ध मिलाइएको बताएको छ । नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीको तीन घेरामा निर्वाचन सुरक्षा रहने बताउँदै गृह सचिव मोहनकृष्ण सापकोटाले भने, ‘भयरहित, स्वच्छ र विश्वसनिय रुपमा निर्वाचन सम्पन्न गराउन भरपर्दो सुरक्षा ब्यवस्था मिलाइएको छ ।’