काठमाडौँ- यसअघि झपामा बस्ने तय भएको नेकपा एमालेको केन्द्रीय समितिको बैठक काठमाडौँमै बस्ने भएको छ । बैठक वैशाख २८ गतेदेखि ३० गतेसम्म काठमाडौंमै बस्नेगरी तय भएको छ । संसदको बजेट अधिवेशन र अन्य संसदीय गतिविधिका कारण केन्द्रीय समितिको बैठक काठमाडौंमै बोलाइएको हो ।
काठमाडौँ। वाग्मती प्रदेश सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै छ । दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । यही वैशाख १३ गतेदेखि वाग्मती प्रदेशसभाको दशौँ अधिवेशन सुरु […]
काठमाडौं । सङ्घीय संसद् सचिवालयले कोभिड–१९ संक्रमणलाई हेक्का राख्दै यही वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनमा सांसदका लागि सीट व्यवस्थापन गरेको छ। विशेषज्ञ चिकित्सकको रायपरामर्शमा सचिवालयले कोरोना संक्रमणको पक्षलाई ध्यान दिँदै एक र अर्काे सांसदबीच दुई कुर्सी खाली रहने गरी बस्ने व्यवस्था मिलाएको छ। सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशनका क्रममा बैठकमा अपनाउनुपर्ने स्वास्थ्य सावधानीबारे स्वास्थ्य तथा […]
गण्डकी प्रदेशसभाको स्थगित भएको विशेष अधिवेशन बोलाउने विषयमा बिहीबार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने निर्णय भएको छ । सभामुख नेत्रनाथ अधिकारीले मंगलबार दलका नेताहरुलाई सर्वदलीय बैठकमा बोलाएर छलफल गरेपछि उक्त बैठकले बिहीबार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने विषयमा सहमति भएको नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।वैशाख १५ गतेदेखि स्थगित भएको गण्डकी […]
बुटवल । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन यही वैशाख १९ गते डाकिएको छ । विपक्षी दलहरुको समावेदनअनुसार प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गरेका हुन् । १९ गते आइतबार दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको सूचना पाएपछि मुख्यमन्त्री […]
लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन वैशाख १९ गते बस्ने गरी आह्वान भएको छ ।
प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै दलहरूले माग गरेअनुसार विशेष अधिवेशन बोलाइएको हो ।
प्रदेश प्रमुखको कार्यालयले १९ गते आइतवार दिउँसो १ बजे बैठक बस्ने प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले लोकान्तरलाई जानकारी दिए ।
गत चैत २४ गते १ हप्तामै प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको थियो । गत वैशाख ६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रद...
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधि सभाको अधिवेशन आकस्मिक स्थगन गरिएकोमा आपत्ति जनाएको छ । सोमबार साँझ पार्टी कार्यालय सानेपामा बसेको बैठकले संसद अधिवेशन अप्रत्याशित र हठात अन्त्य गरेको विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।वैशाख ७ गते बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नुपर्ने जनसरोकारका कयौं महत्वपूर्ण विषय विद्यमान भएको अवस्थामा त्यसलाई नजरअन्दाज गरेर संसदबाट भाग्ने काम लोकतान्त्रिक मूल्य, मान्यता र संसदीय पद्धति बर्खिलाप रहेको ठहर काँग्रेस बैठकले गरेको छ ।काँ
६ वैशाख, काठमाडौं । सामान्यतया संसद अधिवेशन बोलाउँदा र अन्त्य गर्दा सरकारले सभामुख र प्रमुख राजनीतिक दलहरुसँग औपाचारिक वा अनौपचारिक रुपमा सल्लाह गर्ने गर्छ । त्यस्तै अधिवेशन सुरु हुँदा, बैठक बस्ने तयारी गर्दा र अन्त्य गर्दा पनि छलफल गर्ने परम्परा हुन्छ । यतिसम्म कि महत्वपूर्ण विधेयक वा कुनै विवादित विषय टुंग्याउनुपर्नेछ भने प्रक्रियाका बारेमा पनि […]
कर्णाली प्रदेशसभाको सातौं अधिवेशन वैशाख ३ गते बस्ने भएको छ । छैटौं अधिवेशन अन्त्य भएको ६ महिनापछि शुक्रबार संसद् बैठक बस्ने भएको हो । मन्त्रिपरिषद्को बैठकले वैशाख ३ गते संसद् बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो ।
वैशाख २३ गते संघीय संसद्को बैठक बस्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सो मितिमा आह्वान गरेकी हुन्। संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईद्वारा आज जारी विज्ञप्तिमा संविधानको धारा ९३, उपधारा (१) बमोजिम आइतबार अपराह्न ४ बजे संसद्को अधिवेशन आह्वान गरिएको बताइएको छ। यसअघि गत फागुन २१ गते पहिलो संघीय संसद्को बैठक बसेको थियो।