नाइजेरियामा दुई सय बालबालिका अपहरित

एजेन्सी। नाइजेरियाको उत्तरी राज्य नाइजरमा सालिहु ट्यांको इस्लामिक स्कुलबाट करिब दुई सय बालबालिका अपहरणमा परेका छन्। त्यहाँका मिडियाले यो खबर प्रशारण गरेका छन्। घटनामा प्रहरीको कारवाहीमा एकजना अपहरणकारीको मृत्यु भएको समाचारमा बताइएको छ। प्रहरीका अनुसार अपहरणकारी हतियारसहित मोटरसाइकलमा आएका थिए। प्रहरीले बालबालिका छुटाउन प्रयत्न गरिरहेको बताएको छ। नाइजेरियामा पछिल्लो समय बालबालिका अपहरणको घटना दोहोरिन थालेपछि कतिपय विद्यालय बन्द गरिएका छन्।

सम्बन्धित सामग्री

सर्जरी शिविर : नौ सय ९६ जनाको उपचार, दुई सय ४० को शल्यक्रिया

टीकापुर– कैलालीको टीकापुरमा आयोजना गरिएको प्लास्टिक सर्जरी शिविरमा नौ सय ९६ जनाले उपचार सेवा लिएका छन् ।  शिविरमा चार सय ४७ पुरुष र पाँच सय ४९ महिलाले उपचार सेवा लिएका हुन् । शिविरमा उपचार सेवा लिनेमध्ये दुई सय ४० जनाको शल्यक्रिया गरिएको छ । शल्यक्रिया सेवा लिनेमा ९१ पुरुष र एक सय ४९ महिला छन् […]

आठ सय २० किमी सडक कालोपत्र, दुई सय २२ पुल निर्माण

काठमाडौँ- सरकारले गत वर्ष देशभरमा आठ सय २० किमी सडक कालोपत्र र दुई सय २२ पुल निर्माण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सो अवधिमा दुई सय ४९ किमी सडक पुनः निर्माण भएको छ । गतवर्ष दुई सय ४३ किमी नयाँ ट्र्याक खुलेको र छ सय २८ किमी खण्डस्मिथ भएको विभागले जनाएको […]

सात सय घट्यो सुनमा

काठमाडौँ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेर ९१ हजार ६ सय रुपैयाँ तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ…

४३ सय सङ्क्रमित थपिए, ५७ सय निको भए

काठमाडौँ । आज देशभर थप चार हजार तीन ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १६ हजार ६ सय ४२ जनाको स्वाब परीक्षण गर्दा चार हजार तीन सय ४४ जनामा सङ्क्रमण पुष्टि भएको हो। मंगलबार १७ हजार  ६ सय ७६ जनाको स्वाब परीक्षण गर्दा पाँच हजार एक सय ५३ जनामा […]