आजदेखि प्रदर्शन हुने भनिएको अक्षयकुमार अभिनित बलिउड फिल्म ‘रामसेतु’ को नेपाल रिलिज रोकिएको छ। चलचित्र विकास बोर्डले सेन्सर अनुमति नदिएपछि ‘रामसेतु’को प्रदर्शन स्थगित भएको हो।
वितरकले समयमै कागजपत्र पेस नगर्दा सेन्सर सिफारिसको अनुमति नपाएको चलचित्र विकास बोर्डका प्रदर्शन तथा वितरक अधिकृत गिरिश शर्माले जानकारी दिए। वितरक संस्था डिजिटल सिनेमा नेपाली…