रौतहट (अस) । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले रौतहटको गौरमा उच्च गतिको इन्टरनेट सेवा सुरु गरेको छ । वल्र्डलिंक गौर शाखाका प्रमुख गौतम श्रेष्ठका अनुसार ग्राहकलाई उच्चस्तरीय इन्टरनेट सेवाका लागि ३ सय एमबिपिएससम्मको स्पीडमा सेवा दिइनेछ । पहिलो पटक ३ सय एमबिपिएस गतिको इन्टरनेट सेवा गौरमा वल्र्डलिंकले सुरु गरेको उनले बताए ।
वर्ल्डलिंकले १ सय ५०, २ सय २५ र ३ सय एमबिपिएसको स्पीडमा सेवा सुरु गरेको हो । वर्ल्डलिंकको फोटोन सिरिजअन्तर्गत द्रुतगतिको सेवा सुरु भएको उनको भनाइ छ । वर्ल्डलिंकको इन्टरनेटमा ६ हजारभन्दा बढी सिनेमा र वेभ सिरिजको साथमा १ सयभन्दा बढी एचडी र १२० भन्दा बढी नर्मल च्यानलसहितको टिभी सुविधा ग्राहकले पाउनेछन् । फोटोन सिरिजअन्तर्गत ग्राहकलाई फाइभजी राउटर उपलब्ध गराइएको छ ।