२ नम्बर प्रदेशमा नेपाली कांग्रेसको प्रदेश कार्यसमितिको निर्वाचन अनिश्चित बनेको छ ।
प्रदेश अधिवेशनबाट नेतृत्व चयनको लागि निर्वाचन हुन लागेको समयमा २ पक्षबीच झडप भएको छ ।
जनकपुरधामस्थित गोपाल धर्मशालामा भइरहेको अधिवेशनमा सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधि पक्षका प्रतिनिधिबीच कुटाकुट भएको हो ।
निधिको पक्षबाट रामसरोज यादव सभापतिका उम्मेदवार छन् । उनलाई डा. शेखर कोइराला प्यानलको पनि समर्थन रहेको छ । शेरबहादुर देउवाको पक्षबाट रामकृष्ण यादव सभापतिका उम्मेदवार बनेका छन् ।
हालसम्म निर्वा...