संसद् विघटनविरुद्धको मुद्दामा आज सुनुवाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाको संवैधानिक इजलासमा आज (बुधबार) सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा पाँचजना न्यायाधीश रहेको संवैधानिक इजलासमा बुधवार तेस्रोपटक सुनुवाइ हुन लागेको हो ।

सम्बन्धित सामग्री

संवैधानिक इजलास पुनर्गठन, वरिष्ठताका आधारमा तोकिए यी न्यायाधीश

काठमाडौँ । संसद् विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइका लागि संवैधानिक इजलास पुनर्गठन भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वरिष्ठताका आधारमा न्यायाधीश चयन गरी संवैधानिक इजलास पुनर्गठन गरेका हुन् । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्द मोहन भट्टराई रहनेछन् । प्रतिनिधिसभा विघटनको मुद्दामा आज सुनुवाइ हुँदै छ […]

प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ हुँदै, नयाँ संवैधानिक इजलास गठन होला ?

काठमाडौं । प्रतिनिधि सभा विघटनलगायत विषयमा परेका मुद्दामा आइतबार (आज) संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । संवैधानिक इजलासमा नै विवाद भएपछि रोकिएको संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज हुन लागेको हो ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले ती मुद्दामा सुनुवाइ गर्न आज नयाँ संवैधानिक इजलास गठन गर्ने बताएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा जेठ ८...