कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घे एक्सनमा, श्रीलङ्कामा देशव्यापी कफ्र्यु

एजेन्सी । श्रीलङ्काका नवनियुक्त कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशव्यापी निषेधाज्ञा (कफ्र्यू) घोषणा गरेका छन् । बुधबार कार्यवाहक राष्ट्रपति नियुक्त भएका उनले पद सम्हाल्नेवित्तिकै देशव्यापी निषेधाज्ञा घोषणा गरेका हुन । निषेधाज्ञा लागू भएसँगै श्रीलङ्कालीहरू रेलमार्ग, सडक, मनोरञ्जनस्थल, उद्यानलगायत सार्वजनिक स्थानमा हिँडडुल गर्न पाउने छैनन् ।

सम्बन्धित सामग्री

श्रीलङ्काकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिङ्घे निर्वाचित

श्रीलङ्काको नयाँ राष्ट्रपतिमा संसदमा भएको निर्वाचनमा प्रधानमन्त्री तथा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घे बुधबार निर्वाचित हुनुभएको छ । नागरिकमाझ अलोकप्रिय भए पनि प्रधानमन्त्री रनिल विक्रमसिंघेलाई नै श्रीलंकाली संसदले राष्ट्रपति चयन गरेको हो । विक्रमसिंघेले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने भन्दै प्रदर्शन गरिरहेका छन् । संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले विक्रमासिंघे १३४ मतले विजयी भएको घोषणा गर्नुभएको हो । …

रनिल विक्रमासिङ्घे श्रीलंकाको राष्ट्रपतिमा निर्वाचित, १३४ सांसदको समर्थन

श्रीलंकाका सांसदहरुले रनिल विक्रमासिङ्घेलाई राष्ट्रपतिमा निर्वाचित गरेका छन् । रनिल विक्रमासिङ्घेले १३४ मत पाएका छन् भने प्रतिद्वन्द्वी दलास अलापेरुमाले ८२ मत पाएका छन् ।कुल २२३ सांसदले मतदान गरेका छन् भने २ सांसद मतदानमा अनुपस्थित रहे । २२३ मतमध्ये २१९ मत वैध मानिएको छ भने चार मत बदर भएको छ ।राष्ट्रपति निर्वाचनमा विजयी भएपछि संसदलाई सम्बोधन गर्दै रनिल विक्रमासिङ्घेले सबै दललाई मिलेर काम गर्न अपिल गर्दै श्रीलंकालाई यो संकटबाट बाहिर निकाल्न आग्रह गरेका छन् ।यसैबीच उनले बिहीबार सबै दलसँग बसेर वार्

श्रीलंकामा कार्यवाहक राष्ट्रपति विक्रमासिङ्घेद्वारा संकटकालको घोषणा

एजेन्सी । श्रीलंकामा राजनीतिक सङ्कट सुधार हुने संकेत अझै देखिएको छैन । गोताबाया राजापाक्षेले देश छोडेर राजीनामा दिएपछि श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिङ्घे कार्यवाहक राष्ट्रपति बनेका छन् ।

श्रीलंका : तोकेको समय सीमा सकियो, गोटाबायाले दिएनन् राजीनामा

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले अहिलेसम्म आफ्नो पदबाट राजीनामा दिएका छैनन् । उनले जुलाई १३ तारिख बुधबार राजीनामा दिने घोषणा गरेका थिए । तर त्यसको एक दिनअघि उनी माल्दिभ्स भागेका थिए । गोताबाया राजापाक्षेको अनुपस्थितिमा प्रधानमन्त्री रनिल विक्रमासिङ्घे कार्यवाहक राष्ट्रपतिमा नियुक्त भएका छन् । कार्यवाहक राष्ट्रपति तथा प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले श्रीलंकाको अवस्थालाई सम्हाल्न सेना र प्रहरीलाई […]