रुसले ग्यास कटौती गरेपछि युरोपका देश समस्यामा पर्न थालेका छन् । रुसको मुख्य ग्यास निर्यात कम्पनी गाजप्रोमले सबैभन्दा ठूलो पाइपलाइन नर्ड स्ट्रिम १ बाट हुने निर्यातमा व्यापक कटौती गरेपछि युरोपका देश समस्यामा परेका हुन् ।आउँदो जाडोयामका लागि युरोपका धेरै देशले ग्यास भण्डारणलाई पूर्ण क्षमतामा भर्न चाहेका छन् तर रुसले निर्यात रोक्दा समस्यामा परेको बीबीसीले जनाएको छ । गएको वर्ष युरोपमा खपत भएको ग्यासको ४० प्रतिशत माग रुसले धानेको थियो । रुसले युक्रेनमा आक्रमण गरेको विरोधमा युरोपेली सङ्घ (ईयू) ले उसलाई कडा प्रतिबन्ध लगाएकाे छ ।...