सहिद स्मारक 'ए' डिभिजन लिग: मच्छिन्द्र र संकटाले अंक बाँडे

काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा दुई अपराजित टीम मच्छिन्द्र फुटबल क्लब र संकटाले आफ्नो अपराजित यात्रालाई पाँचौँ खेलसम्म जारी राखेका छन्। शुक्रबार दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा दुबै टीमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफमा दुबै टीमले आक्रामक खेल खेले पनि गोल भने गर्न सकेनन्। दुई छिमेकी क्लबबिच खेल प्रतिस्पर्धात्मक बन्दा दुबैले अन्तिम समयसम्म गोलका लागि प्रयास गरेका थिए।८२ औँ मिनेटमा फोडे फोफानाले गरेको उत्कृष्ट प्रहार बारभन्दा केही इन्चबा