यसरी हुँदै छ नेपालमा हाइड्रो एक्स्पो: एक करोड लागत, १० देशको सहभागिता

काठमाडौं: २१ पुसदेखि काठमाडौंमा हाइड्रो एक्स्पो गरिने भएको छ। स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको आयोजनामा एक्स्पो गर्न लागिएको हो। राष्ट्रिय योजना आयोग, ऊर्जा मन्त्रालय र जनसंख्या तथा वातवरण मन्त्रालयको संरक्षणमा गर्न लागिएको एक्स्पो तीन दिनसम्म चल्नेछ। नेपालमा पहिलो पटक गर्न लागिएको यस...

सम्बन्धित सामग्री

१२ वैशाखदेखि काठमाडौंमा हिमालयन हाइड्रो एक्स्पो

चौथो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो, २०२४’ यही १२ वैशाखबाट सुुरु हुँदै छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको

हरित ऊर्जा प्रवर्द्धन गर्न ‘हिमालयन हाइड्रो एक्स्पो’ हुँदै

८ चैत, काठमाडौं । ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने मूल नारासाथ ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आयोजना हुने भएको छ । एक्स्पो १२ देखि १४ वैशाख २०८१ मा हुनेछ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र …

हिमालयन हाइड्रो एक्स्पो हुँदै, एक दर्जन बढी देशबाट सहभागिता

‘इप्पान’ र एक्स्पो एण्ड इभेण्ट म्यानेजमेन्ट सर्भिसको संयुक्त आयोजनामा एक्स्पोको चौथो संस्करण हुन लागेको हो ।

काठमाडौंमा ‘हिमालयन हाइड्रो एक्स्पो हुँदै

आगामी वैशाख १२ देखि १४ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डपमा ‘हिमालयन हाइड्रो एक्स्पो–२०२४’ आयोजना हुने भएको छ ।

हाइड्रो एक्स्पो आज सकिँदै

काठमाडौं । तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो आज (सोमवार) सम्पन्न हुँदै छ । शनिवारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी एक्स्पो पूर्वनिर्धारित कार्यतालिका अनुसार समापन गर्न लागिएको हो । एक्स्पोमा अन्तिम दिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको विशेष उपस्थिति रहने बताइएको छ । त्यसैगरी, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. कृष्णप्रसाद ओली, संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णाकुमारी सुवेदी र ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवाल सहभागी हुनेछन् । उनीहरूबीच जलविद्युत् क्षेत्रको नीतिगत विषयवस्तुमा छलफल हुने आयोजक संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । इप्पान कार्यसमिति सदस्य प्रकाश दुलालले सोमवारको सत्रमा जलविद्युत्को विकाससम्बन्धी नीतिगत विषयमा गहन छलफल हुने बताए । जलविद्युत् क्षेत्रका नवीनतम प्रविधिको प्रदर्शनीसँगै सरोकारवाला सबैलाई एउटै छानामुनि जम्मा गरेर छलफल तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको हो । एक्स्पोमा सरोकारवालाको उल्लेख्य सहभागिता देखिएको छ । एक्स्पोमा जलविद्युत्सँग सम्बन्ध राख्नेको उत्साहजनक सहभागिता रहेको आयोजकको भनाइ छ । इप्पान र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा एक्स्पो गरिएको हो । एक्स्पोमा नेपालस्थित भारतीय राजदूतावासको समन्वय तथा बेलायती राजदूतावास र क्यानेडियन हाइकमिशन कन्ट्री पार्टनर छन् । आईएफसी लगायत संघसंस्थाले प्रायोजन गरेका छन् । एक्स्पोमा नेपाल विद्युत् प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल बैंकर्स एशोसिएशन र नेपाल निर्माण व्यवसायी महासंघको सहयोग छ । शनिवार शुरू एक्स्पोमा २ दिनमा जलविद्युत्सँग प्रत्यक्ष, अप्रत्यक्ष रूपमा सरोकार राख्नेको उल्लेख्य सहभागिता भएको एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए । घरायसी प्रयोजनका विद्युतीय सामग्री किन्नेको चाप अधिक रहेको भन्दै प्रधानले साना–ठूला उपकरणबारे जारी लिने तथा बुकिङ गर्न आउनेको संख्या अपेक्षित भएको बताए । एक्स्पोमा सयभन्दा बढी स्टल छन् । जलविद्युत् प्रवर्द्धक, उत्पादक, इक्युप्मेन्टस् सप्लायर्स, टर्बाइन उत्पादक, लगानीकर्ता, बैंक, बीमालगायत जलविद्युत्मा नयाँ प्रविधि र निर्माणसम्बद्ध विविध स्टल एक्स्पोमा छन् । एनएमबी बैंकले टाइटल स्पन्सर गरेको एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवाला सहभागी छन् । एक्स्पो अवलोकन गर्न आउनेमध्ये दैनिक १० जनालाई गोलाप्रथाबाट विद्युतीय चूल्हो वितरण गर्ने कार्यक्रम पनि छ । ‘नेपाली जलविद्युुत्को बजार प्रवर्द्धन’ भन्ने नाराका साथ आयोजना गरिएको एक्स्पोबाट नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत बढाउन र विदेशमा बजारीकरणको ठूलो ज्ञान र सूचना प्राप्त हुने अपेक्षा आयोजकको छ ।

हाइड्रो एक्स्पोमा जलविद्युत् सम्बन्धी नीतिगत छलफल हुँदै

संघीय राजधानी काठमाडौंमा जलविद्युत् क्षेत्रको प्रवर्द्धनका लागि शनिबारदेखि हिमालयन हाइड्रो एक्स्पो हुँदै छ।...

एकै ठाउँबाट सबै ज्ञान दिन हाइड्रो एक्स्पो

यसअघि जलविद्युत् सम्मेलन आयोजना हुँदै आएको थियो, अहिले एक्स्पो आयोजना गर्दै हुनुहुन्छ । यसको आवश्यकता किन प¥यो ? यसअघि फरक विधामा सम्मेलन हुँदै आएको थियो । एकै थलोमा गर्ने जमर्को कसैले पनि गरेका थिएनन् । तर, यसपालि एउटै फोरममा विभिन्न विधालाई समेटेर एक्स्पो गर्न लागिएको हो । यसअघिका सम्मेलनमा, उदाहरणका लागि बिमाको विषयले प्राथमिकता पाउने तर, दाबी भुक्तानीको विषय जानकारी नहुने, त्यस्तै बैंकसँग ऋण लिने विषयमा छलफल हुने तर, कुन बैंकले कति ब्याजदरमा ऋण दिन्छ, सस्तो र सजिलो गरी कसरी ऋण लिने भन्नेमा ज्ञान हुँदैन थियो ।

नेपालमा पहिलो पटक हाइड्रो एक्स्पो, विदेशी कम्पनीहरुको उत्साहजनक सहभागीता हुँदै

११ पुस, काठमाडौं । नेपालमा पहिलो पटक अन्तराष्ट्रियस्तरको हाइड्रो एक्स्पो आयोजना हुदैछ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको आयोजनामा यही पुस २१ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हिमालयन हाइड्रो एक्स्पो २०१८ आयोजना हुने भएको हो । एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान …