हाइड्रो एक्स्पो आज सकिँदै

काठमाडौं । तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो आज (सोमवार) सम्पन्न हुँदै छ । शनिवारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी एक्स्पो पूर्वनिर्धारित कार्यतालिका अनुसार समापन गर्न लागिएको हो । एक्स्पोमा अन्तिम दिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको विशेष उपस्थिति रहने बताइएको छ । त्यसैगरी, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. कृष्णप्रसाद ओली, संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णाकुमारी सुवेदी र ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवाल सहभागी हुनेछन् । उनीहरूबीच जलविद्युत् क्षेत्रको नीतिगत विषयवस्तुमा छलफल हुने आयोजक संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । इप्पान कार्यसमिति सदस्य प्रकाश दुलालले सोमवारको सत्रमा जलविद्युत्को विकाससम्बन्धी नीतिगत विषयमा गहन छलफल हुने बताए । जलविद्युत् क्षेत्रका नवीनतम प्रविधिको प्रदर्शनीसँगै सरोकारवाला सबैलाई एउटै छानामुनि जम्मा गरेर छलफल तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको हो । एक्स्पोमा सरोकारवालाको उल्लेख्य सहभागिता देखिएको छ । एक्स्पोमा जलविद्युत्सँग सम्बन्ध राख्नेको उत्साहजनक सहभागिता रहेको आयोजकको भनाइ छ । इप्पान र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा एक्स्पो गरिएको हो । एक्स्पोमा नेपालस्थित भारतीय राजदूतावासको समन्वय तथा बेलायती राजदूतावास र क्यानेडियन हाइकमिशन कन्ट्री पार्टनर छन् । आईएफसी लगायत संघसंस्थाले प्रायोजन गरेका छन् । एक्स्पोमा नेपाल विद्युत् प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल बैंकर्स एशोसिएशन र नेपाल निर्माण व्यवसायी महासंघको सहयोग छ । शनिवार शुरू एक्स्पोमा २ दिनमा जलविद्युत्सँग प्रत्यक्ष, अप्रत्यक्ष रूपमा सरोकार राख्नेको उल्लेख्य सहभागिता भएको एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए । घरायसी प्रयोजनका विद्युतीय सामग्री किन्नेको चाप अधिक रहेको भन्दै प्रधानले साना–ठूला उपकरणबारे जारी लिने तथा बुकिङ गर्न आउनेको संख्या अपेक्षित भएको बताए । एक्स्पोमा सयभन्दा बढी स्टल छन् । जलविद्युत् प्रवर्द्धक, उत्पादक, इक्युप्मेन्टस् सप्लायर्स, टर्बाइन उत्पादक, लगानीकर्ता, बैंक, बीमालगायत जलविद्युत्मा नयाँ प्रविधि र निर्माणसम्बद्ध विविध स्टल एक्स्पोमा छन् । एनएमबी बैंकले टाइटल स्पन्सर गरेको एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवाला सहभागी छन् । एक्स्पो अवलोकन गर्न आउनेमध्ये दैनिक १० जनालाई गोलाप्रथाबाट विद्युतीय चूल्हो वितरण गर्ने कार्यक्रम पनि छ । ‘नेपाली जलविद्युुत्को बजार प्रवर्द्धन’ भन्ने नाराका साथ आयोजना गरिएको एक्स्पोबाट नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत बढाउन र विदेशमा बजारीकरणको ठूलो ज्ञान र सूचना प्राप्त हुने अपेक्षा आयोजकको छ ।

सम्बन्धित सामग्री

काठमाडौंमा ‘हिमालयन हाइड्रो एक्स्पो हुँदै

आगामी वैशाख १२ देखि १४ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डपमा ‘हिमालयन हाइड्रो एक्स्पो–२०२४’ आयोजना हुने भएको छ ।

‘हिमालयन हाइड्रो एक्स्पो २०२२’ सम्पन्न

काठमाडौं (अस) । तेस्रो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो २०२२’ सम्पन्न भएको छ । शनिवारदेखि काठमाडौंको भुकृटीमण्डपमा जारी उक्त एक्स्पो सोमवार सम्पन्न भएको हो । एक्स्पोले मुलुकको ऊर्जाक्षेत्रको विकास तथा विस्तारका लागि थप ऊर्जा प्रदान गरेको आयोजक संस्थाहरूले बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको सहकार्यमा उक्त एक्स्पो आयोजना गरिएको थियो । एक्स्पोलाई एनएमबि बैंकले मुख्य प्रायोजन गरेको थियो । नेपालस्थित भारतीय राजदूतावासको समन्वय रहेको एक्स्पोमा बेलायती राजदूतावास र क्यानेडियन हाइकमिशन कन्ट्री पार्टनर थिए । यस्तै आईएफसीलगायत संघसंस्थाहरूले प्रायोजनका साथै नेपाल विद्युत् प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल बैंकर्स एशोसिएशन र नेपाल निर्माण व्यवसायी महासंघले सहयोग गरेका थिए । एक्स्पोको समापन सत्रमा इप्पानले स्वदेशमा उत्पादित विद्युत्को विक्री वितरण तथा निर्यातको काम निजीक्षेत्रलाई दिन माग गरेको छ । संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले ऊर्जामन्त्री पम्फा भुसालसमक्ष यस्तो माग गरेका हुन् । ऊर्जामन्त्री पम्फा भुसालले ऊर्जाक्षेत्र आर्थिक विकासको मुख्य आधार भएको भन्दै यसको विकास गर्नेगरी सरकार अघि बढेको बताएकी छिन् । यस्तै, बजारको सुनिश्चितता भएपछि मात्र विद्युत् खरीदविक्री सम्झौता (पीपीए) खुलाउने उद्घोष उनले गरिन् । एक्स्पो अवधिभर प्रत्येक दिन जलविद्युत्सम्बन्धी विषयगत ६ ओटा अन्तरक्रिया सञ्चालन गरिएको थियो । एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाको समेत सहभागिता थियो ।

तेस्रो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो’ शुरू

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ऊर्जामा निजीक्षेत्रबाट भएको योगदानको प्रशंसा गर्नुभएको छ । तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो उद्घाटन शत्रलाई शनिबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले एक शताब्दीसम्म अपेक्षित गति लिन नसकेको ऊर्जाक्षेत्रलाई अघि बढाउन निजीक्षेत्रले महत्त्वपूर्ण योगदान गरेको टिप्पणी गर्नुभयो । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको सहकार्यमा तेस्रो संस्करणको एक्स्पो शुरु भएको हो । नेपालस्थित भारतीय राजदूतावासको समन्वय तथा बेलायती राजदूतावास र क्यानेडियन हाइकमिशन एक्स्पोमा कन्ट्री पार्टनर छन् । जलविद्युत् क्षेत्रका नवीनतम प्रविधिको प्रदर्शनीसँगै सरोकारवाला सबैलाई एउटै छानामुनि छलफल तथा अनुभव आदानप्रदान गर्ने उद्देश्य एक्स्पोको छ । आईएफसीलगायत संघसंस्थाले प्रायोजन गरेको एक्स्पोमा नेपाल विद्युत् प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल बैंकर्स एशोसिएशन र नेपाल निर्माण व्यवसायी महासंघको सहयोग छ । इपानले यसअघि २०१८ र २०१९ मा विद्युत् उत्पादनलाई मुख्य एजेन्डा बनाएर एक्स्पो आयोजना गरेको थियो । यसपटक भने विद्युत् बजारको पहिचानलाई मुख्य एजेन्डा बनाइएको छ । एक्स्पो उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले जलविद्युत्को विकासका मन्त्रालयले सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले निजीक्षेत्रको लगानीमै ऊर्जाको माग धान्न सक्ने अवस्था बनेको भन्दै त्यसलाई थप प्रभावकारी बनाउन एक्स्पो आयोजना गरिएको बताए । ऊर्जाको विकासमा अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ । ऊर्जा उत्पादन सम्भाव्यताको झन्डै ५ प्रतिशत मात्र उत्पादन भएको उनले बताए । २०४७ सालको परिवर्तनपछि निजीक्षेत्रले १ हजार ५०० मेगावाट विद्युत् उत्पादन गरिहरहेको भए पनि पछिल्लो ३ वर्षदेखि विद्युत् खरीदविक्री सम्झौता हुन नसक्दा प्रवर्द्धकहरू हतोत्साहित बनेको आचार्यको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले ऊर्जा क्षेत्रमा निजीक्षेत्रबाट भएको लगानीको सुरक्षामा सरकार संवेदनशील हुनुपर्ने बताए । यसैगरी नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी र नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले निजीक्षेत्रमैत्री नीति तथा कानून राम्रो भए पनि व्यावहारिक पाटो कमजोर भएको भन्दै त्यसमा सुधार जरुरी रहेको बताए । नेपाल–भारत ऊर्जा व्यापारमा सक्रिय रूपमा काम गरिरहेको साउथ एशिया इनर्जी एक्स्पर्ट एवं कन्फिडिरेशन अफ इन्डियन इन्डस्ट्रिजका डा. भूपेन्दकुमार सिंहलाई कार्यक्रममा सम्मान गरिएको थियो । एक्स्पोमा टाइटल स्पोन्सर गरेको एनएमबि बैंकले ९ दशमलव ९९ प्रतिशत ब्याजदरमा विद्युतीय सवारीसाधनमा कर्जा लगानी गर्ने जानकारी दिएको छ ।

हिमालयन हाइड्रो एक्स्पो हुने

हिमालयन हाइड्रो एक्स्पोको तेस्रो संस्करणमा विद्युतीय सवारीसाधनको ¥याली हुने भएको छ । शनिबारबाट शुरु हुने तेस्रो हिमालयन हाइड्रो एक्स्पोमा भृकुटीमण्डपबाट नेपालको पहिलो जलविद्युत केन्द्र फर्पिङसम्म विद्युतीय सवारीसाधनको ¥याली आयोजना हुने भएको हो ।विशेष गरेर यस एक्स्पोमा विद्युतको बजार खपतमा जोड दिइने स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान) का कार्यसमिति सदस्य प्रकाश दुलालले बताए । दुई दिनसम्म चल्ने एक्स्पोमा रोबोटिक प्रतियोगितासमेत सञ्चालन हुनेछ । जसले रोबोटको माध्यमबाट जलविद्युतको टनेल

एक दिन पर सर्‍यो हाइड्रो एक्स्पो

काठमाडौं (अस) । तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो चैत १९ गतेदेखि २१ गतेसम्म आयोजना हुने भएको छ । यसअघि चैत १८ देखि २० गतेसम्म आयोजना हुने भनिएको एक्स्पो घोडेजात्राका कारण १ दिन पर सारिएको आयोजकले बताएको छ । चैत १८ गते घोडेजात्राका दिन सैनिक मञ्चमा आयोजना हुने कार्यक्रमका कारण एक्स्पो आयोजनास्थल भृकुटीमण्डप क्षेत्रमा सवारी आवागमनमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै एक दिन ढिला गरी एक्स्पो शुरू गर्न लागिएको हो । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा ‘नेपालको जलविद्युत्को बजारीकरण’ नारासहित उक्त एक्स्पो आयोजना गर्न लागिएको हो । एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले एक्स्पोमा सहभागी हुने सबै पक्षहरूलाई चैत १९ का लागि तयारी तथा व्यवस्थापन गर्न आग्रह गरेका छन् ।

चैत तेस्रो साता हिमालयन हाइड्रो एक्स्पो हुने

आगामी चैत तेस्रो साता राजधानीमा तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो आयोजना हुने भएको छ।  स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा नेपालको जलविद्युत्को बजारीकरण भन्ने नाराका साथ आगामी चैत १८ देखि २० गतेसम्म हिमालयन हाइड्रो एक्स्पो सञ्चालन हुन लागेको हो।

तेस्रो ‘हिमालयन हाइड्रो एक्स्पो’ हुने

नेपालमा उत्पादित विद्युतको बजार र खपत बढाउने लक्ष्यसहित तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो आयोजना हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादक (इप्पान) को आयोजनामा चैत १८ देखि २० गतेसम्म एक्स्पो आयोजना हुने भएको हो ।ईप्पानका उपाध्यक्ष आशिष गर्गले उत्पादित बिजुली खेर गएपछि त्यसको बजार खोज्ने लक्ष्यसहित एक्स्पो आयोजना गर्न लागिएको जानकारी दिए । ‘यसअघि बिजुली उत्पादन नभएर १८ घण्टे लोडसेडिङ भोगियो,’ उनले भने, ‘अहिले बिजुली बढी भएर खेर जाने समस्या भइरहेको छ ।’ यही समस्या समाधान