पोखरामा फेरि देखियो सेतो पुतलीको संक्रमण

पोखरा क्षेत्रमा सेतो पुतली (सापु) को संक्रमण देखापरेको छ ।विगत दुई सातादेखि पोखरा क्षेत्रमा सेतो पुतलीको शंक्रमण देखापरेको हिमालय आँखा अस्पताल पोखराका नेत्र रोग विशेषज्ञ डा. इन्द्र महर्जनले बताए । दुई सातामा सेतो पुतलीको संक्रमणबाट अस्पतालमा करिब २० जना आँखाका बिरामी आएको उनले जनाए । प्रायः गरी भदौ र असोज महिनामा देखापर्ने सेतो पुतलीको झुसका […]

सम्बन्धित सामग्री

सापुले आँखामा जटिल समस्या

सेतो पुतली तपाईंको वरपर घुम्दैछ भने यसको संक्रमणबाट बच्नुहोस् हैै ! यसको रौं आँखाभित्र पसेमा सापु रोगको संक्रमण हुन सक्छ। सापुको समयमै उपचार नभएमा आँखाको दृष्टि गुम्न पनि सक्छ।...

सापुले आँखामा जटिल समस्या

सेतो पुतली तपाईंको वरपर घुम्दैछ भने यसको संक्रमणबाट बच्नुहोस् हैै ! यसको रौं आँखाभित्र पसेमा सापु रोगको संक्रमण हुन सक्छ। सापुको समयमै उपचार नभएमा आँखाको दृष्टि गुम्न पनि सक्छ।...

पूर्वी नवलपरासीमा धान बालीमा सेतो पुतलीको प्रकोप

पूर्वी नवलपरासीमा धान बालीमा सेतो पुतली फैलिएको छ । धान पसाउने बेला पुतली देखिएर बोट रोगाउन थालेपछि किसानमाझ चिन्ता बढेको छ ।

शापू कस्तो रोग हाे, यसका लक्षणहरु के के हुन्?

हालसम्म सेतो पुतली(मोथ)लाई शापूको कारण मानिएको छ तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरुलाई पनि यो रोग देखा परेको छ।

शापू कस्तो रोग हाे, यसका लक्षणहरु के के हुन्?

हालसम्म सेतो पुतली(मोथ)लाई शापूको कारण मानिएको छ तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरुलाई पनि यो रोग देखा परेको छ।

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’ समस्या

म्याग्दीका शहरी क्षेत्र तथा ग्रामीण भेगमा ‘सेतो पुतलीको झुस’को समस्या देखिएको छ । घरघरका भित्तादेखि सार्वजनिक संस्था, सरकारी तथा निजी क्षेत्रका कार्यालय र बिजुलीका खम्बालगायत ठाउँमा ‘झुस’ ले सर्वसाधारण हैरान भएका हुन् । जिल्ला सदरमुकाम बेनी बजारका १८ वर्षीय युवा अमृत पुनको झुस आँखामा परेर ज्योति नै गुमेको छ । सेतो पुतलीबाट विशेषगरी विद्यार्थी र युवायुवती बढी प्रभावित भएका चिकित्सकले बताएका छन् । गत भदौ पहिलो सातादेखि सुरुआतभएको समस्याबाट जिल्लाका अधिकांश क्षेत्र प्रभावित बनेका छन् । गत भदौको दोस्रो साता झुस आँखामा परेर समस्या भएपछि उपचारका लागि बेनी अस्पताल पुगेका युवा पुनलाई तुरुन्तै पोखराको हिमालय आँखा अस्पताल पठाइएको थियो । पुनको आँखाको रेटिना पुरै बिग्रिसकेकाले ज्योति गुमेको बेनी अस्पताल आँखा उपचार शाखाकी नेत्र सहायक प्रकृति ढुङ्गानाले जानकारी दिनुभयो ।

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’ समस्या, सापुका कारण ज्योति गुमाउँदै

घरघरका भित्तादेखि सार्वजनिक संस्था, सरकारी तथा निजी क्षेत्रका कार्यालय र बिजुलीका खम्बालगायत ठाउँमा ‘झुस’ ले  सर्वसाधारण हैरान भएका हुन्।

सेतो पुतली आतंक

म्याग्दीको बेनी–७ बेनीबजारका १८ वर्षीय अमृत पुनको देब्रो आँखामा भदौ १३ मा सेतो पुतलीको झुस परेर समस्या भयो । उपचारका लागि उनी बेनी अस्पताल पुगेपछि तुरुन्तै पोखराको हिमालय आँखा अस्पताल रेफर गरियो । तर उनको आँखाको ज्योति भने फर्केन । बेनी अस्पताल आँखा उपचार शाखाकी नेत्र सहायक प्रकृति ढुंगनाले भनिन्, ‘अमृतको आँखाको रेटिना पूरै खत्तम भइसकेकाले ज्योति गुम्न गयो ।’ ढिला उपचारका कारण उनले ज्योति गुमाउन पुगेका हुन् ।

के हो 'सापू' फैलाउने सेतो पुतली ?

सेतो पुतलीबाट 'सिजनल हाइपर एक्युट प्यानयुभाइटिस'(सापू) रोग सर्ने भन्दै चिकित्सकहरुले अहिले सचेत गराएका छन् । आँखा रातो हुने, आँखाको डिल सुनिने र आँखाको नानीमा सेतो टल्किने जस्ता लक्षणहरु सापू भएकाहरुमा देखिन्छ ।

पोखरामा सेतो पुतलीको संक्रमण

पोखरामा दुई वर्षपछि पुनः सेतो पुतली देखा परेसँगै यसको संक्रमणबाट मानिसहरु प्रभावित हुन थालेका छन् । पोखराका विभिन्न ठाउँमा सेतो पुतली देखा परेसँगै यसको संक्रमणबाट यस वर्ष पोखरामा हालसम्म ६ जना प्रभावित भएको हिमालय आँखा हस्पतालका प्रमुख डा. इन्द्र महर्जनले बताए । केहीको शल्यकृया, केहीको औषधि र केहीको सूई विधिबाट उपचार गरिएको डा. महर्जनले जनाए । हाल संक्रमित अधिकांश बालबालिका छन् । प्रायः भदौ र असोजमा एक वर्ष बिराएर देखा पर्ने सेतो पुतली मानवको निकै नै संवेदनशील अंग आँखामा यसको कणहरु पर्न गएमा समयमै उपचार हुन नसके आँखाको ज्योति नै गुम्न सक्ने डा. महर्जनले जनाए ।