पोखरामा पहिलोपटक धूमधामका साथ भूमे पूजा

पर्वत : रोजगार तथा अध्ययनको सिलसिलामा पोखरामा बस्ने रोल्पा तथा रुकुमका मगर समुदायले शुक्रवार पोखरामा पहिलोपटक भूमे पूजा गरेका छन्। प्राकृतिक विपद्‌बाट कुनै क्षति नहोस् भन्ने कामनासहित रोल्पा र रुकुममा १८ मगरात समुदायले यो पर्व मनाउँदै आएका छन्।पोखरामा पहिलो पटक भूमे पर्व मनाउँदै भूमिको पूजाअर्चना गरिएको हो। पूजाको आयोजना रुकुमेली एकता समाज कास्कीले गरेको हो।पोखरामा भएको भूमे पूजामा पहिलोपटक सहभागी भएकी उन्नति बुढामगर आफ्ना साथीहरूसँग सहभागी हुन पाउँदा दङ्ग थिइन्।‘पहिले पहिले युट्युबमा