सरकारले बूढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न ढिलाइ नगर्ने प्रतिबद्धता जनाएको छ। उर्जामन्त्री वर्षमान पुनले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको काममा ढिलाइ नहुने प्रतिबद्धता व्यक्त गरेका हुन्। आयोजना सरोकार समितिका पदाधिकारीहरूसँग शुक्रबार भएको भेटमा उनले आयोजना प्रभावितहरूलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्ने आश्वासन पनि दिए। मन्त्री पुनले आयोजना कुन मोडालिटीमा अघि बढाउने? भन्ने विषयमा विस्तृत छलफल भएपछि आयोजना…