काठमाण्डौ – त्रिपुरेश्वरमा रहेको राहदानी विभागले सेवाग्राहीको लागि होल्डिङ सेन्टरको रुपमा प्रयोग गर्दै आएको आफ्नो भवनको बेसमेन्टमा अब गाडी पार्किङ गर्ने जनाएको छ ।
काठमाण्डाै महानगरले नियमविपरीत बनाएका वा प्रयोजनमा ल्याएका संरचनाहरु हटाउँदै आएको छ । विभागले पार्किङको लागि प्रयोग गर्नुपर्ने बेसमेन्टलाई सेवाग्राहीको लागि होल्डिङ सेन्टरको रुपमा प्रयोग गर्दै आएकोमा आज त्यहाँ पुगेको महानगरको टोलीले बेसमेन्टमा राखिएका कुर्सीहरु पनि हटाएको छ ।
विभागमा दैनिक २५ सय भन्दा धेरै सेवाग्राही आउने गर्छन् । यसरी ठूलो ...