भारतीय सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मीले तुइन खुस्काइदिँदा जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे छानबिन र दोषीलाई कारबाही गराउन सरकारले कुनै कूटनीतिक पहल गरेको छैन । परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले घटनाको एक महिना बित्दा पनि कूटनीतिक नोट पठाउन चासो दिएका छैनन् ।