नेकपा एमालेमा महासचिव ईश्वर पोखरेलले दश बुँदे सहमतिलाई निर्जीव ढंगले नबुझ्न आग्रह गरेका छन् । महासचिव पोखरेलले दश बुँदे सहमतिलाई जिवन्त बनाउने र पार्टी विभाजनको विपक्षमा दृढतापूर्वक उभिने नेता, कार्यकर्ताहरूलाई समेटेर पार्टीलाई अघि बढाउनुपर्ने पनि स्पष्ट पारे ।पार्टी निकट नेपाल बुद्धिजीवी परिषदले शुक्रबार ललितपुरको च्यासलस्थित तुललीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टी विभाजनको विपक्षमा दृढतापूर्वक उभिएका क्रियाशील नेता, कार्यकर्ताहरूलाई समेटेर लैजादामात