काठमाण्डौ – काठमाण्डाैमा आज आइतवार यो वर्षकै कम तापक्रम मापन गरिएको छ । आज बिहानको काठमाण्डौको न्यूनतम तापक्रम ७ दशमलव १ डिग्री सेल्सियस मापन गरिएको छ । योभन्दा अगाडि गएको १ गते ७ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।
देशका अरू ठाउँमा पनि आज तापक्रम घटेको छ । आज सबैभन्दा कम जुम्लाको तापक्रम माइन्स ३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । आज डडेल्धुराको तापक्रम ६ दशमलव २, वीरेन्द्रनगरको तापक्रम ८ दशलवम ७, ताप्लेजुङको तापक्रम ७ दशमलव २ र घोराहीको तापक्रम ९ दशमलव ८ डिग्री सेल्सियस मापन...