प्रदेशसभालाई नागरिकमैत्री बनाउनुपर्नेमा जोड

११ कात्तिक, विराटनगर । प्रदेशसभालाई नागरिकमैत्री बनाउनुपर्ने सरोकारवालाहरुले बताएका छन् । बिहीबार विराटनगरमा ‘संसदको खुलापन र पारदर्शी अभियान’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले संसदका गतिविधि आम नागरिकका लागि खुला हुनुपर्ने बताए । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशलाई नागरिकमैत्री बनाउन आफूहरु सधैं तयार रहेको बताए । संसदको खुलापनका लागि पारदर्शी अभ्यास बढाएर नागरिकमैत्री बनाउने उनले […]

सम्बन्धित सामग्री

नागरिकमैत्री सेवा प्रवाह

शासनमा नवप्रवर्तनको बहस चलेको निकै भयो । अमेरिकन प्रशासक/प्राविधिक अधिकृत अनिस चोपराले अमेरिकन सार्वजनिक प्रशासन सुधारका मार्गचित्रसहित ‘इन्नोभेटिभ गभर्नेन्स’ नामक पुस्तक नै लेखे । पुस्तकमा प्रजातान्त्रिक पूर्वाधारमा तथ्याङ्कको प्रवाह र जनताको शासनप्रतिको अभ्यस्त सहभागितालाई जोड दिइएको छ । यसमा जनताको सहभागितामा प्रविधिको सम्मिलनले सुनमा सुगन्ध थप्ने उनको निचोड देखिन्छ । सार्वजनिक सेवा प्रवाह सरकारले आफ्नो वाचा अनुरूप नागरिकलाई प्रदान गर्ने सेवा हो । रेसिप्रोसिटी सिद्धान्तका आधारमा हेर्ने हो भने जनताले तिरेको करको सरकारी भुक्तानी वा प्रतिफल हो ।

सामाजिक सञ्जालको सही उपयोग गर्न सुझाव

नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । ललितपुरमा हालै भएको ‘जनप्रतिनिधिसँग प्रेस सेन्टर’ विषयक कार्यक्रममा सहभागीले सूचना प्रविधिको प्रभाव रहेको वर्तमान समयमा सत्यतथ्य सूचना र घटनालाई चाँडो र प्रभावकारी रूपमा सम्प्रेषण गर्दै सुसूचित गराउने नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा वक्ताको जोड छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम : कृषिमार्फत रोजगारीमा जोड

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बुधबार कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । कोशी प्रदेश सभामा उहाँले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रममा सरकारले कृषिमार्फत रोजगारी सिर्जना गर्ने, प्रविधि र नागरिकमैत्री सेवा विस्तारमा जोड दिने, विगतदेखि सञ्चालित बहुवर्षीय आयोजनाहरू सम्पन्न गर्ने तथा विपत् व्यवस्थापनका लागि अन्तरनिकाय सम्बन्धलाई सुदृढ बनाउने, शिक्षालाई रोजगारमूलक एवं सूचना प्रविधिमैत्री बनाउने कुरामा