सातामा २७ अर्बभन्दा बढीको कारोबार : लगानीकर्ताको सम्पत्ति मूल्य करीब ४६ अर्बले घट्यो

वैशाख १८, काठमाडौं । यो साता बजारका महत्वपूर्ण सूचकहरु नकारात्मक रहेका छन् । गत साताको भन्दा यो साता नेप्से परिसूचक, सेन्सेटिभ इन्डेक्स, कारोबार रकम तथा कित्ता र कुल बजार पूँजीकरण रकममा कमी आएको हो ।  यो साता नेप्से परिसूचक गत साताभन्दा ३६ दशमलव ९० अंक तल झरेको छ । गत साताको अन्तिम कारोबार दिन बिहीवार २ हजार ६४८ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ६११ दशमलव १० विन्दुमा झरेको हो । गत साता पनि दुई ओटा कारोबार दिन मात्र बढेको बजार यो साता पनि दुई दिन मात्र बढेको छ । गत साता र यो सातानै पाँच कारोबार दिनमा तीन कारोबार दिन बजार घटेको हो । यो साता पहिलो कारोबार दिन ७५ दशमलव ७९ अंक, दोस्रो दिन ६५ दशमलव ५८ अंक र चौंथो दिन १३ दशमलव ७९ अंकले बजार घटेको हो । तेस्रो कारोबार दिन ९२ दढशमलव ४६ अंक बढेको बजार पाँचौ दिन २५ दशमलव ८२ अंकले बढेको हो ।  यो साता ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ५८ अंकले घटेको छ । गत साता ४७६ दशमलव ६ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४६९ दशमलव शून्य २ विन्दुमा झरेको हो । सातामा सर्वाधिक रकमको कारोबार गर्ने पाँच ओटा कम्पनीहरु :                                                                स्रोतः नेपाल स्टक एकसचेञ्ज (नेप्से) गत साताभन्दा यो साता कारोबार रकम पनि रू. ५ अर्ब ४६ करोड २९ लाख ४२ हजार कम भएको छ । गत साता पाँच कारोबार दिनमा रू. ३२ अर्ब ७९ करोड ४६ लाख १३ हजार बराबरको शेयर कारोबार भएकोमा यो साता रू. २७ अर्ब ३३ करोड १६ लाख ७० हजार बराबरको शेयर कारोबार भएको हो ।  कारोबार रकमसँगै कारोबार कित्ता पनि यो साता कम भएको छ । गत साता ७ करोड २९ लाख १८ हजार ९६६ कित्ता शेयर कारोबार भएकोमा यो साता ५ करोड ६५ लाख ८८ हजार २९४ कित्ता शेयर कारोबार भएको हो । गत साताभन्दा यो साता १ करोड ६३ लाख ३० हजार ६७२ कित्ता कम शेयर कारोबार भएको हो । यो साता सबैभन्दा  बढी अपर तामाकोशी हाइड्रोपावरको शेयर कारोबार भएको छ ।  अपर तामाकोशीको यो साता रू. १ अर्ब १५ करोड १० लाख ७३ हजार बराबरको शेयर कारोबार भएको हो । यो साता अपर तामाकोशीको शेयरमूल्य पनि गत साताभन्दा बढेको छ । गत साताको अन्तिम कारोबार दिन प्रतिकित्ता रू. ८५७ रहेको कम्पनीको शेयरमूल्य यो साता प्रतिकित्ता रू. ८६३ पुगेको छ । सातामा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६ ले बढेको हो । सर्वाधिक कुल बजार पूँजीकरण भएका पाँच ओटा कम्पनीहरु :                                                      स्रोतः नेपाल स्टक एकसचेञ्ज (नेप्से) तीन दिन बजार घटेको यो साता लगानीकर्ताहरुको सम्पत्तिको मूल्य रू. ४५ अर्ब ८७ करोड १० लाख २७ हजार कम कायम भएको छ । गत सातासम्म रू.३६ खर्ब ६६ अर्ब ६९ करोड ९० लाख १९ हजार रहेको कुल बजार पूँजीकरण रकम यो साता रू. ३६ खर्ब २० अर्ब ८७ करोड २० लाख ९२ हजारमा झरेको हो ।  कुल बजार पूँजीकरणमा हालसम्म पनि नेपाल दूरसञ्चार कम्पनीले नै पहिलो स्थान सुरक्षित गरेको छ । कम्पनीको दोस्रो बजारमा १५ करोड कित्ता शेयर सूचीकृत रहेको छ । गत साताभन्दा यो साता नेपाल दूरसञ्चार कम्पनीको कुल बजार पूँजीकरण रकम बढेको छ । गत साता रू. १ खर्ब ९४ अर्ब ५ करोड ५० लाख रहेको कम्पनीको कुल बजार पूँजीकरण रकम यो साता रू. १ खर्ब ९६ अर्ब ८० करोड कायम भएको हो । यो साताको अन्तिम कारोबार दिन कम्पनीको अन्तिम शेयरमूल्य १ हजार ३१२ कायम भएको छ । कुल बजार पूँजीकरणमा यो साता नेपाल लाईफ इन्स्योरेन्सलाई नेपाल पुनर्बीमा कम्पनीले उछिनेको छ । कुल बजार पूँजीकरणमा गत साता तेस्रो नम्बरमा रहेको नेपाल लाईफ इन्स्योरेन्स यो साता चौंथो नम्बरमा झरेको छ ।  यो साता नेपाल पुनर्बीमा कम्पनीको कुल बजार पूँजीकरण रू. १ खर्ब ४४ अर्ब १० करोड र नेपाल लाईफ इन्स्योरेन्सको रू. १ खर्ब ४४ अर्ब ७ करोड १० लाख रहेको छ । नेपाल पुनर्बीमा कम्पनीको कुल बजार पूँजीकरण गत साताको भन्दा यो साता रू. ३ अर्ब ८० करोड बढी भएको हो भने नेपाल लाईफ इन्स्योरेन्सको रू. २ अर्ब ८० करोड ८० लाख कम भएको हो । यो साताको कारोबारको विस्तृत अवस्था :                                                            स्रोतः नेपाल स्टक एकसचेञ्ज (नेप्से)

सम्बन्धित सामग्री

पेट्रोलियम पदार्थः मूल्य घट्यो, घटेन मूल्य

काठमाडौं, साउन २३ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य चार महिनायता प्रतिब्यारेल झन्डै २५ डलरले घटेको छ। मूल्य घटेका आधारमा इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर नेपाल आयल निगमलाई दुई पटक बिल पठाएको पनि छ तर निगमले भने मूल्य घटाउने सोच पनि बनाएको छैन। अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रतिब्यारेल इन्धनको मूल्य घटेर ९४.९२ डलरमा झरेको छ। […]

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ,१७ असार । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० तोकिएकोे छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० मा कारोबार भएका पहेँलो धातु आज प्रतितोला रु ३०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० छ । यसको […]

घट्यो सुनको मूल्य

काठमाडौँ,२७ जेठ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९७ हजार ७०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० छ । यसको मूल्य अघिल्लो दिन […]

घट्यो सुनको मूल्य

काठमाडौँ,२७ वैशाख । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ७०० ले घटेर रु ९८ हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुन–चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० छ । यसको मूल्य अघिल्लो […]

घट्यो सुनको मूल्य

काठमाडौं, २३ चैत । बुधवार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको कारोबार प्रतितोला ९८ हजार ५०० रुपैयाँमा भएको छ । त्यसैगरि, यो दिन चाँदीको मूल्य पनि घटेको छ । यो दिन चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार अन्तरराष्ट्रिय […]

घट्यो सुनको मूल्य

काठमाडौं, १५ चैत । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो एक लाख ५ सयमा कारोबार भएकोमा सुन्को मूल्य आज तोलामा १३ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार २ रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ पुगेको […]

सुनको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनको मूल्य घट्यो । सुनको मुल्यमा आज ६ सयले कमी आई छापावाल सुन तोलामा ८९ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलामा ८९ हजार ६ सयमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज […]

सुनको मूल्य एकैदिन १४ सयले घट्यो

काठमाडौं, असोज १ । शुक्रबार एकैदिन सुनको मूल्य १४ सयले ओरालो लागेको छ । बिहीबार ९० हजार ५ सयमा कारोबार भएको सुनकोे मूल्य शुक्रबार एकैदिन तोलामा १ हजार ४ सयले कमी आई ८९ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साताभरमा सुनको मूल्य १ हजार ६ सयले कमी आएको छ […]

तोलामा ६०० रुपैयाँले सुनकाे मूल्य घट्यो

काठमाडौं । सुन र चाँदी दुबैको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ६०० र तेजाबी सुनको लागि प्रतितोला ९२ हजार १०० रुपैयाँ तोकिएको छ । यस्तै चाँदी […]

मासुको मूल्य घट्यो

काठमाडौं, बैशाख १६। निषेधाज्ञाका कारण बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य ह्वात्तै घटेको छ । केही दिन अघिसम्म मूल्य बढेर प्रतिकिलो ४४० रुपैयाँसम्म पुगेको ब्रोइलर कुखुराको मासुको मूल्य निषेधाज्ञाको निर्णय भएसँगै ३ दिनको अन्तरालमा ४० रुपैयाँ घटेर प्रतिकिलो ४०० रुपैयाँमा आएको छ । सरकारले निषेधाज्ञाको समयमा पनि कुखुराको ओसारपसारका साथै मासु पसल सञ्चालनमा रोक नलगाउने बताएको […]