काठमाडौँ – आज विश्व रेडियो दिवस !‘रेडियो र विश्वास’भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । रेडियोको महत्त्व, योगदान र चुनौतीहरूको समीक्षा गरी विश्व रेडियो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुअरी १३ मा रेडियो दिवस मनाउने गरिएको छ । नेपालमा राणा शासन अन्त्यका लागि […]
काठमाण्डाै - आज विश्व रेडियो दिवस । विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।
त्यसपछि संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो ।
नेपालमा २००३ सालमा काठमाण्डाैमा रेडियोको प्रशारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो । निजी क्षेत्रबाट एफ एम रेडियोहरुक...
१३ फेब्रुअरीका दिन संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक निकाय युनेस्कोको पहलमा संसारभर रेडियो दिवस मनाइयो । संयुक्त राष्ट्रसङ्घको साधारणसभाको निर्णयबमोजिम विगत आठ वर्षदेखि यही दिन विश्व रेडियो दिवस मनाइँदै आएको छ । यस वर्ष रेडियो दिवसका अवसरमा युनेस्कोले रेडियो स्टेसनहरूलाई समाचार कक्ष र रेडियो तरङ्ग अर्थात् प्रसारण–अन्तर्वस्तुमा समेत सामाजिक विविधतालाई उजागर गर्न आह्वान ग¥यो ।
फेब्रुअरी १३ तारिखमा पर्ने विश्व रेडियो दिवस मनाइँदै गरेको सन्दर्भमा रेडियोको दिगो विकासका सवालहरू उठिरहेका छन् । विश्वमा सबैभन्दा धेरै मानिसको पहुँचमा पुग्न सफल, सरल र भरपर्दो प्रसारण माध्यम रेडियोको विकास, प्रभाव र प्रगतिलाई सम्मान गर्दै विश्व रेडियो दिवस मनाउन सुरुवात गरिएकोे हो । आजभन्दा ७२ वर्षअघि फेबु्रअरी १३ तारिखका दिन संयुक्त राष्ट्रसंघ रेडियो स्थापना भएको दिनको सम्झनामा संसारभरिका गैरसरकारी संस्था, सञ्चारमाध्यम, विश्वविद्यालयहरू र सरकारहरूले रेडियो दिवस मनाउन लागेका हुन् । नेपालमा पनि सामुदायिक रेडियो प्रसारक संघ लगायत विभिन्न रेडियोका संघ संस्थाहरूले यो दिवस मनाउँदैछन्।