चिकित्सकविहीन बन्दै सिन्धुली अस्पताल

सिन्धुली अस्पतालमा कार्यरत आधा दर्जनभन्दा बढी चिकित्सकहरूको सरुवा भएपछि स्वास्थ्य सेवा प्रभावित बनेको छ । बिरामीको चाप बढेको समयमा विशेषज्ञसहितका ८ जना चिकित्सकहरूको सरुवा भएपछि बिरामी जाँच्न समस्या भएको अस्पतालले जनाएको छ ।

सम्बन्धित सामग्री

चिकित्सकविहीन बन्दै सिन्धुली अस्पताल

सिन्धुली जिल्लाको सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था सिन्धुली अस्पताल चिकित्सकविहीन बन्दै गएको छ। विशेषज्ञ चिकित्सकको सरुवासँगै स्वास्थ्य सेवा प्रभावित भएको सिन्धुली अस्पतालले जनाएको छ। अस्पताल विकास समितिका अध्यक्ष प्रल्हादकुमार पोखरेलका अनुसार चार महिनाको बीचमा बिनाजानकारी आठ जना विशेषज्ञसहितका चिकित्सकको सरुवा भएको छ।