काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मुलुकलाई दक्षिणपन्थी र वामपन्थी अतिवादले सताउने खतरा भएको बताएका छन्।'खाली वामपन्थी अतिवादमात्र हुन्छ भन्ने होइन, दक्षिणपन्थी अतिवाद पनि हुन्छ। दक्षिणपन्थी अतिवादले टाउको उठाउने र सताउने या वामपन्थी अतिवादले पनि टाउको उठाउने र सताउने स्थिति आउने खतरा छ,' शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै दाहालले भने, 'त्यसैले मेरो विनम्र आग्रह के छ भने यो आन्दोलनलाई सामान्य