श्रीलंकालाई हाल परिरहेको डरलाग्दो आर्थिक संकटबाट बाहिर निकाल्ने प्रयासमा रहेका राष्ट्रपति गोटबाया राजापाक्षेले बिहीबार नयाँ प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । उनले पूर्व प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई नयाँ प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् । उनलाई आजै सपथ गराइने सम्भावना रहेको राष्ट्रपतिका वरिष्ठ अधिकारीले एएफपी समाचार समितिलाई बताएका छन् । राष्ट्रव्यापी विरोध प्रदर्शनको सामना गर्न राष्ट्रपतिले बुधबार राती राष्ट्रको नाममा टेलिभिजनमा सम्बोधन गरेका थिए । ‘