काेलम्बाे । श्रीलंकालाई हाल परिरहेको डरलाग्दो आर्थिक संकटबाट बाहिर निकाल्ने प्रयासमा रहेका राष्ट्रपति गोटाबाया राजापाक्षेले बिहीबार नयाँ प्रधानमन्त्रीको नाम तय गरेका छन् ।
पूर्वप्रधानमन्त्री रनिल विक्रमासिंघे २२५ सदस्यीय संसदमा क्रसपार्टी समर्थनमा एकता सरकारको नेतृत्व गर्न अग्रपंक्तिमा रहेकाे बताइएकाे छ । उनलाई आजै सपथ गराइने सम्भावना रहेको राष्ट्रपतिका वरिष्ठ अधिकारीले एएफपी समाचार समितिलाई...