मन्त्री नबनाउँदा विरोध खेपेका उपेन्द्रले यादवलाई सरकारमा पठाए, इस्तियाक दोहोरिए, मृगेन्द्र नयाँ

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अघिल्लो पटक मन्त्री नबनाउँदा विरोध खेपेका प्रदीप यादवलाई मन्त्री बनाएका छन् ।  पर्साबाट निर्वाचित सांसद प्रदीप यादव जसपाले देउवा सरकारमा पहिलोपटक मन्त्री सिफारिस गर्दा परेका थिएनन् । त्यसको विरोधमा विरगंजबाट काठमाडौं आएका जसपाका कार्यकर्ताले बालकुमारीस्थित जसपा कार्यालयमा तालाबन्दी गर्नुका साथै वीरगंजमा उपेन्द्र यादवको...