कांग्रेसको कार्यतालिका भत्क्यो, महाधिवेशन अन्योलमा

भदौ दोस्रो साता १४ औं महाधिवेशन गर्न कांग्रेसले यतिबेला वडा, गाउँ/नगर अधिवेशन सक्नुपथ्र्यो। तर, क्रियाशील सदस्यताको विवाद सुल्झाउन नसक्दा महाधिवेशनको कार्यतालिका भत्किँदै गएको छ। अब बाँकी एक महिनाभन्दा कम अवधिमा महाधिवेशन सम्पन्न हुनेमा नेताहरूले नै आशंका व्यक्त गर्न थालेका छन्।कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा समिति बनाएको थियो। बारा, रौतहटलगायत जिल्लाको विवाद समाधान गर्न नसकेर समितिले शीर्ष नेतृत्वलाई नै जिम्मा लगायो। सभापति शेरबहादु

सम्बन्धित सामग्री

गगनले ल्याए २०८२ मंसिरभित्र महाधिवेशन गर्ने कार्यतालिका

३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी केन्द्रीय कार्यसमितिमा महाधिवेशन कार्यतालिका पेश गरेका छन् । बिहीबार पार्टी कार्यालय, सानेपामा थापाले पेश गरेको संगठनात्मक प्रस्तावमा २०८२ मंसिरभित्र १५औं महाधिवेशन गरिसक्ने गरी कार्यतालिका समेत समावेश गरिएको छ । २०७८ मंसिरमा भएको १४औं महाधिवेशनले चुनेको कार्यसमितिको चार वर्षे कार्यकाल २०८२ मंसिरसम्म छ । त्यस अवधिमा […]

एमाले महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन

काठमाण्डौ - नेकपा एमालेले महाधिवेशन निर्वाचन कार्यतालिका संशोधन गरेको छ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रका लागि कार्यसूची तयार गर्न बसेकाे अध्यक्ष मण्डलकाे बैठकले कार्यतालिका तयार गरेको छ । कार्यतालिका अनुसार  सहमति नभएको पदमा आज सोमवार मतदान हुनेछ ।  तालिकाअनुसार  उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन बिहान १० बजेर ३० मिनेटमा र अन्तिम नामावली प्रकाशन बिहान ११ बजेर ४० मिनेटमा हुने भनिएको छ । यस्तै  आज बेलुकी ९ बजेदेखि भोलि बिहान ३ बजेसम्म मतदान हुनेछ । &nbs...

माओवादी केन्द्रको महाधिवेशन कार्यतालिका हेरफेर

काठमाडौँ – नेकपा माओवादी केन्द्रको महाधिवेशन कार्यतालिका संशोधन भएको छ । मंगलबार बिहान बसेको स्थायी कमिटीको बैठकले पार्टी सदस्यता नवीकरण, पालिका सम्मेलन, प्रदेश सम्मेलन लगायतको कार्यतालिका संशोधन गरेको हो । स्थायी कमिटी बैठकले महाधिवेशन आउँदो पुस ११–१३ गतेसम्म हुने गरी तल्ला तहहरुको अधिवेशन कार्यतालिका हेर्फेर गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। उनका अनुसार अब पार्टी […]

काँग्रेसद्वारा महाधिवेशन कार्यतालिका परिमार्जन, कुन तहको अधिवेशन मिति कहिले ?

नेपाली काँग्रेसले महाधिवेशन कार्यतालिका परिमार्जन गरेको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार वडा महाधिवेशनसमेत सम्पन्न हुन नसकेपछि काँग्रेसले महाधिवेशन कार्यतालिका संशोधन गरेको हो । काँग्रेस निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले २० जिल्लाको वडा अधिवेशन नै हुन बाँकी रहेको बताउँदै महाधिवेशन कार्यतालिकामा हेरफेर गरिएको बताए । उनका अनुसार आज डडेलधुरा जिल्लाको वडा अधिवेशन भएसँगै हालसम्म ५७ जिल्लाको मात्रै सम्पन्न भएको छ । बाँकी २० जिल्लाको अधिवेशन अब क्रियाशील सदस्यताको विवाद टुंगो

‘कार्यतालिका छोट्याएर भए पनि महाधिवेशन गर्नुपर्छ’

काठमाडौं : नेपाली कांग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन्।पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निजी निवास चाक्सिबारी ठमेलमा आज बसेको संस्थापन इतरको बैठकले आगामी भदौ २३ गतेपछि पार्टीको वैधानिकता समाप्त हुने भन्दै कार्यतालिका छोट्याएर भए पनि महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका हुन्।बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचन समितिले प्रक्रिया छोट्याएर भए पनि समयमा नै महाधिवेश

‘कार्यतालिका छोट्याएर भए पनि महाधिवेशन गर्नुपर्छ’

काठमाडौं। नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन्। पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंहको निवासमा आज बसेको संस्थापन इतरको बैठकले २३ भदौपछि पार्टीको वैधानिकता समाप्त हुने भन्दै कार्यतालिका छोट्याएर भए पनि महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए। बैठकपछि बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचन समितिले प्रक्रिया छोट्याएर भए पनि समयमा नै महाधिवेशन गर्नुपर्ने बताए।

एमालेको १० औं महाधिवेशन कार्यतालिका सार्वजनिक

काठमान्डाैं / नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न १० औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । आउँदो २ देखि ६ मंसिरसम्म तोकिएको महाधिवेशनका लागि एमालेले कार्यतालिका सार्वजनिक गरेको छ । गत ६ , १० र १२ वैशाखमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले गरेका निर्णय अन्तरपार्टी निर्देशनमा कार्यतालिकाबारे उल्लेख गरिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी... The post एमालेको १० औं महाधिवेशन कार्यतालिका सार्वजनिक appeared first on Purbeli News.

एमालेको १० औं महाधिवेशन कार्यतालिका सार्वजनिक

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न १० औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । आउँदो २ देखि ६ मंसिरसम्म तोकिएको महाधिवेशनका लागि एमालेले कार्यतालिका सार्वजनिक गरेको छ ।गत ६ , १० र १२ वैशाखमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले गरेका निर्णय अन्तरपार्टी निर्देशनमा कार्यतालिकाबारे उल्लेख गरिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशनमा वडादेखि केन्द्रसम्मको अधिवेशनबारे उल्लेख गरिएको छ ।वडा अधिवेशन ५ भदौ, पालिका अधिवेशन १५ भदौ, जिल्ला अधिवेशन