जिल्ला प्रहरी कार्यालय रामेछापले २८ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा साविक गौश्वारा गाविस-७ (हाल दोरम्बा शैलुङ गाउँपालिका–४) का ५८ वर्षीय होमबहादुर थापामगर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज ढुंगानाले बताए ।
प्रहरीका अनुसार उनीसमेत चार जनाले २०४९ कात्तिक ५ गते छिमेकी गजुरे मगरलाई विवादका कारण चक्कु प्रहार गरी हत्या गरेर फरार थिए ।
होमबहादुरबाहेक अन्य तीन अभियुक्तमध्ये चन्द्रबहादुर मगर र गंगबहादुर मगरले कैद सजाय भुक्तान ...