‘हेभीवेट’ नेता रहेको गुल्मीमा को-को ‍छन् उम्मेदवार बन्ने लाइनमा ?

बुटवल : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएपछि नेताहरूले निर्वाचन क्षेत्र छान्न भित्रभित्रै गृहकार्य सुरु गरिसकेका छन्। ‘हेभीवेट’ नेता रहेको गुल्मीमा यसपटक पनि चर्चित नेताहरूबिच नै रोचक प्रतिस्पर्धा हुने सम्भावना देखिन्छ। सबै दलहरू आउँदो निर्वाचनको तयारीमा जुटिसकेका छन्। यद्यपि, कुन पार्टीको कुन नेता कहाँबाट चुनाव लड्ने भन्नेबारेमा अहिलेसम्म टुंगो…

सम्बन्धित सामग्री

गुल्मीमा रामकुमारी झाक्रीलाई संकट

आसन्न प्रतिनिधिसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट गुल्मी क्षेत्र नम्बर २ मा उम्मेदवार बन्ने तरखरमा रहेकी नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाक्री यतिबेला दोहोरो संकटमा परेकी छन् । नेकपा एकीकृत समाजवादी पार्टीका गुल्मी जिल्ला अध्यक्ष नरेश भण्डारी र इञ्चार्ज गणेश खनाल आइतबार एमालेमा प्रवेश गरेसँगै गुल्मीमा पूर्वमन्त्री झाक्रीका लागि संकट बढेको हो ।एकातिर आफ्नै पार्टीको अवस्था जिल्लामा कमजोर भएका कारण संकट महसुस गरिरहेकी झाक्रीलाई अर्कोतिर पार्टीको कमजोर अवस्थाकै कारण कतै गठबन्धनबाट भाग

गुल्मीबाट विष्टलाई हराउने झाँक्रीकाे चेतावनी

गुल्मी : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले गुल्मीमा गोकर्ण विष्टको एकाधिकार अहिले तोडेरै छाड्ने दाबी गरेकी छिन्।एकीकृत समाजवादी पार्टी गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिदैँ झाँक्रीले २०५६ सालदेखि गुल्मी क्षेत्र नम्बर २ मा एमालेका सचिव गोकर्ण विष्टको एकाधिकार अहिले तोडेरै छाड्ने बताएकी हुन्।आगामी मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनमा आफू गठबन्धनको तर्फबाट गुल्मी क्षेत्र नम्वर २ मा उम्मेदवा