गुल्मीमा रामकुमारी झाक्रीलाई संकट

आसन्न प्रतिनिधिसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट गुल्मी क्षेत्र नम्बर २ मा उम्मेदवार बन्ने तरखरमा रहेकी नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाक्री यतिबेला दोहोरो संकटमा परेकी छन् । नेकपा एकीकृत समाजवादी पार्टीका गुल्मी जिल्ला अध्यक्ष नरेश भण्डारी र इञ्चार्ज गणेश खनाल आइतबार एमालेमा प्रवेश गरेसँगै गुल्मीमा पूर्वमन्त्री झाक्रीका लागि संकट बढेको हो ।एकातिर आफ्नै पार्टीको अवस्था जिल्लामा कमजोर भएका कारण संकट महसुस गरिरहेकी झाक्रीलाई अर्कोतिर पार्टीको कमजोर अवस्थाकै कारण कतै गठबन्धनबाट भाग