एमसीसी टेबुल गर्न कार्यव्यवस्थामा आज पनि भएन सहमति, अर्को बैठक ११ गतेलाई राख्ने तयारी

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई प्रतिनिधि सभाको कार्यसूचीमा राख्न सरकारले गरेको प्रस्तावमा सहमति जुट्न नसकेपछि शुक्रवार पनि टेबुल नहुने भएको छ ।  संसद भवन नयाँ बानेश्वरमा शुक्रवार बसेको बैठकमा कानून मन्त्री दीलेन्द्र बडूले एमसीसी कार्यसूचीमा राख्न प्रस्ताव गरेका थिए ।  नेपाली कांग्रेस र लोसपाले एमसीसी अगाडि बढाउन सहमति जनाए पनि अन्य दलले पहिला सदनको अवरोध खुल्नु पर्ने अडान राखेका थिए । नेकपा एमाले अनुपस्थित रहेको बैठकमा माओवादी केन्द्रले पहिला संसदको अवरोध खुल्नुपर्ने प्...

सम्बन्धित सामग्री

एमसीसीबारे गठबन्धनमा भएन सहमति

सत्तारुढ गठबन्धनको बैठकले विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार बसेको बैठकले एमसीसीबारे निर्णय लिन सकेन । करिब दुई घण्टाभन्दा बढी चलेको बैठकमा कुनै एमसीसीबारे सहमति हुन नसकेको स्रोतले रातोपाटीलाई बतायो ।काँग्रेस एमसीसी पास गर्ने पक्षमा छ भने सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संसदमा टेबल गर्न समेत सहमत हुन नसकेको अवस्था छ ।बालुवाटार स्रोतले भने, ‘आजको बैठक सकियो। गठबन्धन बचाउनु पर्छ भन्नेमा सबैको जोड छ तर अडान यथावत छ।’  गठबन्